कोरोना संक्रमणबाट स्पेनिस फुटबल प्रशिक्षककाे मृत्यु



एजेन्सी । कोरोना भाइरस संक्रमणका कारण स्पेनका एक फुटबल प्रशिक्षकको मृत्यु भएको छ ।

२१ वर्षे फुटबल प्रशिक्षक फ्रान्सिस्को गार्सियाको मृत्यु भएको हो । गार्सिया मालागामा रहेको एथ्लेटिको पोर्ताडा अल्ताको युवा टिमका प्रशिक्षक थिए । स्वासप्रस्वासमा समस्या देखिएपछि अस्पताल पुगेका उनलाई क्यान्सर समेत भएको पुष्टि भएको थियो । क्यान्सर, निमोनिया र कोरोना संक्रमणले ग्रस्त गार्सियाको आइतबार मृत्यु भएको हो ।

यस अघि मालागामा कोरोनाका कारण ७० वर्ष भन्दा माथिका चार जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्