स्मार्ट भिलेज गोल्डकप हुने



लमजुङ, (नेस)

नेपालकै पहिलो स्मार्ट भिलेज पर्यटकीय गाउँ घलेगाउँमा दोस्रो स्मार्ट भिलेज गोल्ड कप खुला फुटबल प्रतियोगिता हुने भएको छ।

नयाँ वर्ष २०७७ को अवसरमा प्रतियोगिता हुन लागेको हो। तिजे उत्तरकन्या युनाइटेडको आयोजनामा चैत २८ गतेदेखि ‘नयाँ वर्षमा सुन्दर घलेगाउँ जाऔँ, फुटबल खेलमा रमाऔँ’ भन्ने नाराका साथ प्रतियोगिता हुनेछ।

आयोजक क्लबका अध्यक्ष बेलराम घलेका अनुसार प्रतियोगितामा पहिलो हुने टिमलाई १ लाख ५५ हजार र दोस्रो हुनेलाई ८० हजार नगद पुरस्कार प्रदान गरिनेछ। सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई ५/५ हजार रुपियाँ दिइने जनाइएको छ।

 

प्रतिक्रिया दिनुहोस्