बजाजको नयाँ शोरुम प्युठानमा



काठमाडौं, (नेस)

 

नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले प्युठानमा नयाँ शोरुम न्यू विज्ञान सप्लायर्सको उद्घाटन गरेको छ। अझ बढी सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले नयाँ शोरुम सञ्चालनमा ल्याएको हो।

 

ग्राहकलाई खरिद गरेको सामग्रीको अधिकतम् मूल्य प्रदान गर्न प्रतिबद्धताका साथ बजाजले गुणस्तरीय र छिटो सुविधा सुनिश्चित गर्दछ। नयाँ शोरुमले ग्राहकलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ। यसैको माध्यमबाट बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ।

 

नयाँ शोरुम शुभारम्भ गर्दै हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिका एक्जुकेटिभ डाइरेक्टर अभिमन्यु गोल्छाले भन्नुभयो–‘हामी प्युठानमा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रशन्न छौं। हाम्रा ग्राहक निरन्तर वृद्धि भइरहनु भएको छ।

प्रतिक्रिया दिनुहोस्