कुकुरको टोकाइबाट बालकको मृत्यु



सीताराम अधिकारी, धादिङ ।

मध्य धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ६ भोर्लेमा कुकुरको टोकाइबाट एक बालकको मृत्यु भएको छ ।

छाडा छाडिएको कुकुरले टोक्दा १२ वर्षीय किशोर भारतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिनुभएको छ ।

रघु माध्यमिक बिद्यालयको कक्षा ७ मा पढ्दै अध्यायनरत थिए । २०७६ माघ १७ गते खेलिरहेको अवस्थामा कुकुरले टोकेको थियो । घटनापछि बालकलाई काठमाडौँका बिभिन्न अस्पतालमा उपचार गराई निको नभए पश्चात घर फिर्ता ल्याइएको थियो । घर ल्याइएका बालकको रेबिजका कारण आइतबार घरबाट जिल्ला अस्पताल ल्याएपछि उपचारको क्रममा बालकको मृत्यु भएको थियो ।

माघ १७ गते विभिन्न ५ जना बालकहरुलाई छाडा छाडिएको कुकुरले टोकेको थियो । कुकुरले टोकेका बालकको ज्यान गएपछि कुकुरले टोकेका विरामी र कुकुरले टोकेका मानिसहरुसंगै भएका मानिसहरु समेत २७ जनाले जिल्ला अस्पतालमा एण्टीरेबिज भ्याक्सीन लगाएको धादिङ अस्पताल धादिङका मेडिकल सुपरिटेन्डन्ट त्रिभुवन चन्द्र झाले जानकारी दिनुभयो ।

घटना भएको डेढ महिना बितेपछि बालकको मृत्यु भएकोले भोर्लेबासी रेबिज रोग लाग्ने भयले धादिङ अस्पतालमा उपचारका लागि आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्