एनओसीको बैठक शुरू



काठमाडौं, (नेस)

 

विश्वभर भैलिएको कोरोनाको असर नेपाली खेलकुदमा परेको छ।

 

यसै महिना आयोजना हुने भनिएको एभरेस्ट प्रिमियर लिग, अस्ट्रेलिया र चाइनिज ताइपेविरुद्ध हुने विश्व कप छनोटलगायतका मोफलसका अधिकांश नकआउट फुटबल प्रतियोगिता स्थगित भइसकेका छन्।

 

आन्तरिक गतिविधि लगभग ठप्पको अवस्थामा नेपाल ओलम्पिक कमिटी (एनओसी) कार्यसमितिको बैठक पोखरामा शुरू भएको छ।
बैठकका लागि एनओसीका अधिकांश पदाधिकारी पोखरा पुगिसकेका छन्।

 

१३औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न भएको ३ महिनाभन्दा लामो समयपछि एनओसीको बैठक बसेको हो। एनओसीले आफ्ना उप–महासचिवसमेत रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्षबाट सागको प्रतिवेदन पनि बुझिसकिएको छ।

प्रतिक्रिया दिनुहोस्