हिमालय टेलिभिजनमा डान्सिङ विथ द स्टार



बीबीसी स्टुडियोको फम्र्याटमा आधारित विश्व चर्चित डान्सिङ रियालिटी सो डान्सिङ विथ द स्टार्सको नेपाली संस्करणका रूपमा डान्सिङ विथ द स्टार नेपालको पहिलो

बेलायत, अमेरिका, अस्ट्रेलिया, भारतलगायतका विश्वका ६० भन्दा धेरै देशमा प्रसारण भइरहेको विश्वकै नम्बर एक डान्सिङ रियालिटी सोको फ्रेन्चाइज लिई हिमालय टेलिभिजनले उत्पादन तथा प्रसारण गर्न लागेको हो। हरेक शुक्रबार र शनिबार राति सुपर प्राइम टाइम ८ बजेदेखि प्रसारण हुने पहिलो सिजन २६ इपिसोडको हुने हिमालय टेलिभिजनले जानकारी गराएको छ।

हिमालय टेलिभिजनको स्वामित्व नयाँ व्यवस्थापनले लिएपछि घोषणा गरिएका फ्रेन्चाइज रियालिटी शोहरू एकपछि अर्को गर्दै दर्शकमाझ लोकप्रिय हुँदै गइरहेका छन्। द भ्वाइस अफ नेपाल सिजन–२ हरेक सूचकांकमा नम्बर एक रियालिटी शो बन्न सफल भएको छ भने हिमालय रोडिज सिजन–३ नेपाली युवा पुस्ताको पहिलो रोजाइको सोका रूपमा प्रसारण भइरहेको टेलिभिजनले जनाएको छ।

भारतमा १० वर्षदेखि सोही डान्सिङ विथ द स्टार्स शो झलक दिखलाजा नामले सञ्चालन भइरहेको छ। सन् २०१७ मा नेपाली चेली तेरिया मगरले झलक दिखलाजाको नवौं सिजनको टाइटल विनर भएपछि यो शो नेपालमा अत्यधिक लोकप्रिय छ। बेलायतबाट शुरू भएको डन्सिङ विथ द स्टार्स हाल करिब ६० देशमा विस्तार भइसकेको छ भने अमेरिकामा २८औं सिजन चलिसकेको छ।

ट्यालेन्ट, इमोसन, ह्युमर र कम्पिटिसनको फ्युजन रहने डान्सिङ विथ द स्टार्स बहुचर्चित फ्यामिली रियालिटी शोको रूपमा परिचित छ। विश्वभर चलेको फम्र्याटअनुसार डान्सिङ विथ द स्टार्स मा १२ जना विभिन्न क्षेत्रका स्टार कन्टेस्टेन्ट हुनेछन् भने उनीहरूलाई पेयरिङ गर्दै १२ जना प्रोफेसनल कोरियोग्राफरले स्टारसँगै पर्फमेन्स दिनेछन्। कार्यक्रममा २ जना होस्ट र ३ जना निर्णायक हुनेछन्।

हरेक विधामा लोकप्रियता हासिल गरेका उत्कृष्ट १२ जना कलाकार र नृत्य विधामा पोख्त १२ जना कोरियोग्राफरको पेयरिङ हुने भएकाले यस कार्यक्रमले देश तथा विदेशमा रहेका आमदर्शक माझ उच्च मनोरञ्जन प्रदान गर्नुका साथै हरेक विधाका दर्शकलाई यसले बाँध्न सक्ने विश्वास हिमालय टेलिभिजनले व्यक्त गरेको छ।

‘डान्सिङ विथ द स्टार्स नेपालमा ल्याउनु आफैंमा चुनौतीपूर्ण थियो। यद्यपि विश्वभर अत्यधिक मन पराइएको शो नेपालमा ल्याउँदा लाखौं दर्शकलाई नेपाली कन्टेन्ट र नेपाली टेलिभिजन हेर्न प्रेरित गर्ने उद्देश्यले यो चुनौती आत्मसाथ गरेका हौं।’ –हिमालय टेलिभिजन एचडीका कार्यकारी निर्देशक श्याम कँडेलको भनाइ छ।

दर्शकको भोट र निर्णायकको मूल्यांकनका आधारमा हरेक हप्ता १ जना कार्यक्रमबाट इलिमिनेट हुँदै जानेछन् भने विजेताले कुल २५ लाख (करसहित) नगद र अन्य पुरस्कार प्राप्त गर्नेछन्।

डान्सिङ विथ द स्टार्स नेपालमा अभिनेत्री गौरी मल्ल र फिल्म निर्देशक तथा कोरियोग्राफर रेनेशा बान्तवा राई निर्णायक रहनेछन्। त्यसै गरी गायक बुद्धि लामा तामाङ, फरक क्षमताकी सृष्टि केसी, टिकटक ट्विन आर्टिस्ट दीपा र दमन्ता, कमेडियन उमेश राई, पत्रकार ऋषि धमला, मैथिली अभिनेत्री, पूजा ठाकुर, बालकलाकार देवांशी वैदार, मिस नेपाल युनिभर्स, मनीता देवकोटा, अभिनेता तथा मोडल अनुपविक्रम शाही, गायिका ज्योति मगर, अभिनेत्री तथा मोडल सुमी मोक्तान तथा फुटबल खेलाडी अनिल गुरुङ स्टार कन्टेस्टेन्टका रूपमा रहनेछन्।

त्यसै गरी युमी बलामी, राजीवकुमार कर्ण, कविता नेपाली, प्रमोदकुमार भण्डारी, शुभम् भुजेल, लाउरे सिंह, कोमल पाण्डे, केविका खत्री, सुनील बीके, प्रवीण बीके, विजय पार्की र केशव थापा कोरियोग्राफर रहनेछन्।

 

प्रतिक्रिया दिनुहोस्