जाजरकोटमा एकै विद्यालयका २५ विद्यार्थी बिरामी , एक सय विद्यार्थीकाे स्वास्थ्य परिक्षण



बासुदेव शर्मा,जाजरकोट ।

यतिवेला कोरोना भाईरसको संक्रमणले विश्वलाई सताई रहेका वेला जाजरकोटमा सिजनल फ्लु अर्थात् माौसमी विरामी भेटिएका छन् । भेरी नगरपालिका ७ पुन्मास्थित सरस्वती माध्यमिक विद्यालयका २५ विद्यार्थी केहि दिन अघिदेखि मौसममा आएको परिर्वतनसंगै एकसाथ बिरामी परेका छन् ।

विद्यार्थीमा रुघाखोकी, ज्वरो र टाउको दुख्ने समस्या देखिएको प्रधानाध्यापक धिरेन्द्र शाहले जानकारी दिनु भयो । विद्यालयमा अहिले बार्षिक परीक्षा चलिरहेको छ ।
विरामी मध्य ७ जना सिकिस्त विरामी रहेका छन् । उनीहरुलाई ज्वरो, रुघाखोकी र टाउको दुख्ने रोगले विद्यार्थीहरु विरामी परेको विद्यालयले जनाएको छ । अन्य विद्यार्थीलाई सामान्य रुघाखोकी लागेको छ ।

बार्षिक परीक्षा चलिरहेका बेला सोमवार विद्यार्थीहरु विरामी परेका हुन् । धेरै विद्यार्थी शनिवारदेखि नै विरामी भएपनि बार्षिक परीक्षा छुट्ने डरले परीक्षामा सहभागी भएको स्थानीय दीपबहादुर शाहीले जानकारी दिनु भयो । उहाँले केही दिन अघि परेको बर्षातका कारण गाँउमा रुघाखोकीका विरामी बढेको जानकारी दिनु भयो ।

भेरी नगरपालिका ७ पुन्मा सरस्वति माध्यामिक विद्यालयका विद्यार्थी विरामी भएको जानकारी पाएपछि भेरी नगरपालिकाले स्वास्थ्य शाखा प्रमुख निशा थापाको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली औषधी सहित विद्यालयमा सोमवार दिउसो पठाएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दलबहादुर घर्तीले जानकारी दिनु भयो ।

स्वास्थ्य शाखाको टोलीरुघा खोकी प्रभावित क्षेत्र पुन्मा पुगे पछि ११७ जनाको स्वास्थ्य परिक्षण गरेको थियो । स्वास्थ्य परिक्षण गरेका ११७ जना मध्ये १०४ जनालाई सामान्य रुघाखोखी,टन्सिल भएको त्यहाँको अवस्था बुझ्न र उपचार गर्नको लागी पुगेको भेरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख निशा थापाले जानकारी दिनु भयो ।

सिजनल फुलु प्रभावित क्षेत्र सरस्वति माध्यामिक विद्यालय पुन्मा जाजरकोट सदरमुकाम खलंगाबाट तीन घण्टा पैदल बाटोमा रहेको छ ।जिल्ला अस्पताल जाजरकोटका मेडिकल अधिकृत डा.अमिन शाहले पुन्मामा मौसमी रुघाखोकी देखिएको जानकारी दिनु भयो । यो समयमा मौसममा परिर्वतन आइरहेकोले सवैलाई सचेत रहन र तातो पानी र झोलिलो पदार्थ सेवन गर्न आग्रह गर्नु भएको छ ।

मौसम परिवर्तन हुन थालेको समय भएकोले विद्यार्थीले पातलो कपडा लगाएर विद्यालय आउने गरेकोले विद्यार्थीहरु विरामी परेको हुन् । चिसोले गर्दा विद्यार्थीमा सिजनल फुलु देखिएको नगर स्वास्थ्य शाखा प्रमुख थापाले वताउनु भयो । सामान्य खालको मौसमी रुघाखोकी हो नियामित औषधि, तातो पानी,झोलिलो खानेकुरा खान र न्यानो कपडा लगाउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस्