साेलारको तार सट हुँदा घर जलेर नष्ट, २० लाख बराबरको क्षती



ललित सिंह,बझाङ ।

जिल्लाको मस्टा गाउँपालिका ६ रिलु गाउँमा बस्दै आएका मदन बोहराको घरमा सोमबार दिउँसो करिब १ बजे सोलारको तार सट भएर घर जलेर नस्ट भएको छ । एक्कासी घरबाट आगोको मुस्लो निस्कदा स्थानीय आगो निभाउन आएपनि आगोलाई नियन्त्रणमा लिन नसकेको स्थानीय रबिन बोहराले बताए ।

घरमा आगजनी हुदाँ करिब २० लाख बराबरको क्षति भएको छ । घरमा भएको अन्न,लत्ताकपडालगायत अन्य नगद सम्पत्ती सहित बिस लाख बराबरको क्षती भएको छ । आगजगनी भएपछि बोहराका परिवारको बिचल्ली भएको स्थानीय बासिन्दा रबिन बोहराले बताए ।

यता जिल्ला सदरमुकाम चैनपुर बझाङ भन्दा घटना स्थल पूरै एक दिन पैदल हिडेर पुग्ने भएकाले ,गाउँबाट आगलागी भएको खबर ढिला आउँदा प्रहरी सो घटना स्थल तर्फ गएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्