पेट्रोल, डिजल र मट्टितेलको मूल्य घट्यो



न्युज अफ नेपाल,काठमाडौँ ।

सोमबार राती १२ बजेदेखि लागु हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर दुई–दुई रुपैयाँ घटाएको छ ।घटेको मूल्य अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय ६ रुपैयाँ पर्ने छ । त्यसैगरी डिजल र मट्टितेलको प्रतिलिटर ९५ रुपैयाँ कायम भएको छ ।

हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ४ रुपैयाँ ५० पैसाले घटाई ९० रुपैयाँ कायम गरिएको निगमले जनाएको छ । हवाई इन्धन बाह्यतर्फ र ग्यासको मूल्य यथावत राखिएको निमगले जानकारी दिएको छ । अन्तर्राष्ट्रिय बजारमा निरन्तर पेट्रोलिय पदार्थको मूल्यमा गिरावट आएपछि आन्तरिक बजारमा पनि मूल्य घटाइएको हो ।

प्रतिक्रिया दिनुहोस्