प्रतिबन्धित विप्लव समूहसँग पुनः वार्ताको प्रयास सुरु



न्युज अफ नेपाल,काठमाडौं ।

प्रतिबन्धित नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको प्रतिबन्धित नेकपासँग पुनः वार्ताको प्रयास सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का नेता सोमप्रसाद पाण्डेले सरकारसँग समन्वय गरेर वार्ताको पहल थालेका हुन् ।

पाण्डेले पनि विप्लव समूहलाई मूल धारमा ल्याउने पहल भइरहेको स्वीकार गरे । औपचारिक वा कानुनी रुपमा जिम्मेवारी लिएको नभई तत्कालीन राजनीतिक वार्ता समिति संयोजकको हैसियतमा आफूले काम गरिरहेको उनको प्रतिक्रिया छ ।

२०७५ भदौ पहिलो साता सरकारले विभिन्न समूहसँग सम्वाद गर्न पाण्डेको नेतृत्वमा राजनीतिक वार्ता समिति बनाइएको थियो । समितिले केही भूमिगत समूह तथा आन्दोलनमा रहेका पक्षको पहिचान गरेर वार्ता पनि गरेको थियो । विप्लव समूहका नेताहरुसँग पनि सम्वादको प्रयास गरे पनि वार्ता हुन सकेन ।

सुरेश आले मगर, ताराकान्त चौधरी र लीलाकुमारी भण्डारी सदस्य रहेको समिति २०७५ मंसिर पहिलो साता विघटन भयो । फागुनमा सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगायो । त्यससता थुप्रै नेता कार्यकर्ता पक्राउ परेका छन् ।

अहिले फेरि विप्लव समूहलाई वार्तामा ल्याउने प्रयास सुरु भएको पाण्डेले बताए स्रोतकाअनुसार पछिल्लो समय पाण्डेले विप्लव समुहका पूर्वपोलिटब्युरो सदस्य अनिल बिरहीसँग भेट गरेका थिए । एक नेताका अनुसार भेटमा पाण्डेले विप्लवसँगै वार्ताको प्रस्ताव गरे । बिरहीले भने पार्टीमा छलफल हुने जवाफ दिए ।

प्रतिक्रिया दिनुहोस्