‘रेडियोधर्मी विधेयक’ पारित,अध्यागमन विधेयक विधायन समितिमा



/fli6«o;efsf] a}7sdf ;xefuL sf7df8f}F, # r}t . /fli6«o;efsf] ;f]daf/sf] a}7sdf ;xefuL x’Fb} ;+:s[lt, ko{6g tyf gful/s p88ogdGqL of]u]zs’df/ e§/fO{, lzIff, lj1fg tyf k|ljlwdGqL lul//fhdl0f kf]v/]n, u[xdGqL /fdaxfb’/ yfkfnufot ;b:ox? . t:jL/ M /Tg >]i7÷ /f;;

काठमाडौँ। 

राष्ट्रियसभाको आजको बैठकले ‘रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ लाई सर्वसम्मतिले पारित गरेको छ । बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । विधेयक विसं २०७५ पुस ८ गते संसद्मा दर्ता भएको थियो ।

त्यसैगरी बैठकले ‘शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७६’ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलले उक्त विधेयकमाथि प्रतिनिधिसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

उक्त विधेयक गतवर्ष चैतमा संसद्मा दर्ता भएको थियो । राष्ट्रियसभामा उत्पत्ति भएकोे विधेयक प्रतिनिधिसभा हुँदै राष्ट्रियसभामा पुनःआएको हो । बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले शिक्षासम्बन्धी विभिन्न ऐनमा एकरुपता कायम गर्न र नेपालको संविधान अनुकूल बनाउन आवश्यक भएकाले विधेयक ल्याइएको जानकारी दिनुभयो ।

अध्यागमन विधेयक विधायन समितिमा

राष्ट्रियसभाको आजको बैठकले ‘अध्यागमन विधेयक, २०७६’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापाकातर्फबाट शिक्षा विज्ञान तथा प्रविधिमन्त्री पोखरेलले ‘अध्यागमन विधेयक, २०७६’ लाई दफाबार छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतिले स्वीकृत गर्दै विधायन व्यवस्थापन समितिमा पठाएको हो ।

प्रतिक्रिया दिनुहोस्