ढुक्क भएर एसइई परीक्षामा सहभागी हुन महासङ्घको आग्रह



काठमाडौँ। 

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले कोभिड– १९ को सन्त्रासले माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) नसर्ने भएकाले ढुक्क भएर परीक्षामा सामेल हुन विद्यार्थीमा आह्वान गरेको छ ।

सरकारले परीक्षा पूर्ववत् सञ्चालन हुने जनाएपछि महासङ्घका अध्यक्ष कृष्ण थापाले आज विज्ञप्ति जारी गरी परीक्षा नहुने भन्ने अन्योलमा नरही परीक्षा सञ्चालन गर्न गराउन सबै विद्यालय र शिक्षकलाई समेत आग्रह गरेको हो । सो परीक्षा यही चैत ६ गतेदेखि सञ्चालन हुँदैछ । परीक्षाका लागि साधारण र प्राविधिक धारका गरी चार लाख ८२ हजार २१९ विद्यार्थीले आवेदन दिएका छन् ।

महासङ्घले भाइरसको जोखिमबाट आफूलाई सुरक्षित राख्न सबै सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकमा दैनिक सवधानी अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्