प्रहरीले बरामद गरेको मास्क सर्वसाधारणलाई वितरण गर्न सरकारकाे निर्देशन



न्युज अफ नेपाल, काठमाडौं ।

प्रहरीले बरामद गरेको मास्क सर्वसाधारणलाई वितरण गर्ने भएको छ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले बृहद सार्वजनिक हित एवंम जनस्वास्थ्यलाई ख्यालमा राख्दै बरामद मास्क सर्वसाधारणलाई वितरण गर्न निर्देशन दिएका हुन् ।

महान्यायाधीवक्ता खरेलले प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीलाई पत्र लेख्दै बरामद भएका उक्त मास्क बजार मूल्यानुसार बिक्री गर्न साझा स्वास्थ्य सेवा तथा यस्तै प्रकृतिका अन्य सार्वजनिक संस्थालाई उपलब्ध गराउन भनेका छन् । यस्तै, मास्क बिक्रीबाट संकलन भएको रकम नेपाल प्रहरीको धरौटी खातामा जम्मा गर्न खरेलले निर्देशन दिएका छन् ।

बरामद भएका माक्सहरुको मूल्य र नमूनासहितको अभलिेख एवम् फोटोसहितको डिजिटल अभिलेख राखी बिक्रीका लागि खुला गरिने खरेलले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्