ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते



न्युज अफ नेपाल, प्युठान । 

प्यूठानमा ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको नौवहिनि गाउँपालिका ८ लुप्लुङमा आइतबार रा १ ख १८२१ नम्वरको ट्रिपर दुर्घटना हुदा २० बर्षिय पारस नेपालीको मृत्यु भएको हो ।

उपचारको क्रममा बुटवल लैजादै गर्दा नेपालीको बड्डाडामा मृत्यु भएको हो । साे दुर्घटनामा परि दुइ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले प्युठानले जानकारी दिएको छ ।

घाइते हुनेमा चालक २८ वर्षिय अर्जुन नेपाली र सहचालक १९ वर्षिय कृष्ण नेपाली रहेका छन् । चालक अर्जुन नेपालीको बुटवलमा उपचार भइ रहेको छ भने सहचालक कृष्ण नेपालीको जिल्ला अस्पताल विजुवार प्यूठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

ट्रिपर सडकबाट करिव २५ मिटर तल खसेको प्रहरी जनाइको छ । तिनै जनाको घर प्युठान नगरपालिका ८ खप्रेङखोलामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्