कोराना संक्षेप: ट्रम्पको परिक्षण नेगेटिभ



अमेरिकी राष्ट्रपति भवन व्हाइट हाउसले सम्बन्धित डाक्टरहरुलाई हवाला दिँद ैराष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ परिक्षण पछि उनी कोराना भाइरसबाट मुक्त रहेको पाइएको तथ्य सार्वजनिक गरेको छ । फ्लोरिडा स्थित रिसेर्टमा ब्रजिलियन प्रतिनिधि मण्डलसंगको भेटघाट पछि भएके सो परिक्षणको परिणाम प्तिवेदन शनिवार साँझ निस्केको हो ।

 

चौंध दिने स्व–एकल वास

 

अष्ट्रेलियाली प्रधानमन्त्रीले कोरोन भाइरस नियन्त्रणका लागि अष्ट्रेलिया आइपुग्ने जो कोहि पनि चौंध दिने क्वारेन्टाइनमा बस्नुपर्ने आदेश दिएका छन् । प्रधानमन्त्री स्कट मोर्रिसनले विदेशी क्रुज जहाजहरुलाई पनि तीस दिन सम्म अष्ट्रेलियामा रोक्न नदिइने तर बिदयालयहरु भने खुल्ला रहने बताएका छन् । तीनजना संक्रमितको मृत्यु भइसकेको अष्ट्रेलियामा झण्डै २ सय ५० जना संक्रमित रहेको पुष्टि भएको छ ।

चीनलाई थाहा छ कसरी लडने ?

 

विश्वभरि फैलिरहेको कोरोना भाइरसको लागि चीन जिम्मेवार रहेको भन्ने भनाईलाई अमेरिकी रषट्रपति डोनाल्ड ट्रम्पका केहि समर्थकहरुले पनि सहमति जनाएका छन् । फोक्स न्युजका पत्रकार लाउरा इन्ग्राहमले ट्रम्पले चीनलाई या ेसमस्या सुल्झाउन भन्नुपर्ने तथा चीनले यो स्वास्थ समस्या निम्त्याएको भनी टिवट गरेकी छ । चीनका ेहुवेइ प्रान्तको समुद«ी खाना र विभिन्न जनावरको मासु बेचिने उहान शहरको एउटा बजारबाट कोरोना भाइरस अर्थात कोभिड –१९ को शुरुवात भएके हो ।

 

लामो दुरीको उडान रोकिने

अमेरिकी एयरलायन्स ग्रुप इन्कले शनिवार आफुले चरणवद्ध रुपमा आगामी १६ मार्च देखि झण्डै सम्पूर्ण लामो दूरीका अन्तर्राष्ट्रिय उानहरु रद्ध गर्ने जनाएको छ । यात्रुहरुको चाप घटेको र कोरोना भाइरसको सन्त्रासका कारण यात्रामा प्रतिवन्धहरु लाग्न थालेकाले यो कदम उठाइन लागेको बताइएको छ । १६ मार्च देखि ६ मेबिच अमेरिकाले आफ्नो अन्तर्राष्ट्रि उडान क्षमतामा ७५ प्रतिशतले कटौति गर्ने भएके छ ।

पैसाबाट संक्रमणको खतरा

 

कोरोना भाइरसको संक्रमण पैसाबाट समेत सर्ने खतरा भएकोले सजगता अपनाउन बिश्व स्वास्थ्य संगठन डब्लुएचओले आग्रह गरेको छ ।
यसअघि विश्वमा देखिएका अन्य विभिन्न संक्रमण जस्तै कोरोना पनि पैसाबाट फैलन सक्ने भएकाले ख्याल गर्न संगठनले आग्रह गरेको हो । पैसाको माध्यमबाट कोरोना भाइरस सर्ने खतरा देखिएपछि चीनमा गत महिना कोरोना प्रभावित क्षेत्रबाट संकलन गरिएका ठूलो परिमाणमा नोट नष्ट गरिएको थियो ।

 

न्यूयोर्क विश्वविद्यालयले गरेको अध्ययनअनुसार पैसामा पनि सुक्ष्म जीव बाँच्न र हुर्कन उपयुक्त वातावरण भएको प्रमाणित भइसकेको छ ।
डाक्टरहरुले पनि कुनै पनि भाइरसका जीवाणु पैसामा करिब दुई हप्तासम्म जीवित रहनसक्ने बताउँदै आइरहेका छन् ।

 

 

अनिवार्य परिक्षण

भियतनामको स्वास्थ मन्त्रालयले आइतवार चीन , दक्षिण कोरिया , वेलायत र स्केन्जेन मुलुकहरुबाट अआउने सम्पूर्ण यात्रुले अनिवार्य रुपले कोरोना परिक्षण गराइ क्वारेन्टाइनमा बस्नु पर्ने जनाएको छ । यो अनिवार्य स्वास्थ सजगता १४ मार्च देखि लागु हुने भएको छ । भाइरस पोजिटिभ भेटिएकाहरुलाई तत्काल उपचार शुरु हुने तथा अन्यलाई चौंध दिन सम्म क्वारेन्टाइनमा राखिने बताइएको छ । मार्चको अन्तय सम्मका लागि विद्यालय , सिनेमा हल, रेस्टुरेन्ट , बार , मसाज , पसल आदि बन्द गरिएको छ ।

 

 

चाहिने जतिमात्र किन्नु

वेलायत लगायत विश्वका थुप्रै मुलुकमा रहेका सुपर मार्केटहरुले उपभोक्ताहरुलाई कोरोना भाइरस सन्त्रासकै कारण सरसामान थुपार्न आवशयक भन्दा बढि किनमेल नगर्न आग्रहर गरिरहेका छन् । वेलायतका खुद«ा बिक्रेताहरुको समुहले एक संयुक्त विज्ञप्ति जारी गर्दै यसरी ग्राहकहरुले अनवश्यक रुपमा अधिक परिमाणमा उपभोग्य सामग्री खरिद गरिदिँदा कोहि त्यसबाट बन्चितै हुनुपर्ने स्थिती आउने चेतवनी दिएका छन् । यसरी अव्यवहारिक ढंगले खरिद हुँदा सुपर मार्केट खाली हुने अवस्थामा पुगेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्