प्रधानमन्त्रीको सम्बोधन



फ्रान्स । तिव्र गतिमा फैलिएको कोरोना भाइरस संक्रमण रोक्न असफल हुँदै गएको देखिएपछि फ्रान्सका प्रधानमन्त्रीले अत्यावश्यक काम पर्दा बाहेक सर्वसाधारणले आवत जावत गर्ने अन्य ठाउँहरु अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेका छन् ।

 

शनिवार बेलुका फ्रान्सका प्रधानमन्त्री एडवार्ड फिलिपले लागि मानव जीवनका लागि आवश्यक नपर्ने तर सर्बसाधरणहरु जमघट हुने ठाउँहरु जस्तै रेष्टुरेन्ट, बार, डिस्कोथेक मध्यरातदेखि बन्द हुने जानकारी दिएका थिए ।

 

तर खाद्यान्न र औषधि पसल, चुरोट र तमाखु किन्ने पसल, नगरपालिका र सरकारी कार्यालहरु भने खुलै रहने बताइएको छ । कामदारलाई आवश्यक परेमात्र यातायातका साधन प्रयोग गर्न अनुरोध गर्दै उनले घरमै रहेर कम्यूटरमा काम गर्न अनुरोध गरेका छन्।् । फ्रानसमा ९१ जना संक्रमितको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्