सिटिइभीटी र सेनाबीच समझदारी



न्युज अफ नेपाल, काठमाडौं ।

 

नेपाली सेनामा डिप्लोमा इन मेकानिकल, डिप्लोमा इन अटोमोवाइल इन्जिनियरिङ कक्षा संचालनका लागि नेपाली सेना र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

 

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदका सदस्य सचिव डा. पुष्परमण वाग्ले र नेपाली सेनाको तर्फबाट विद्युत तथा यान्त्रिक निर्देशनालयका प्राविधिक सहायक रथी भोलानाथ बुढाथोकीले उक्त समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको थियो ।

 

प्रधानसेनापतिको कमाण्ड मार्ग निर्देशनमा उल्लेख भए बमोजिम नेपाली सेनामा कार्यरत प्राविधिक तथा ट्रेडतर्फको दक्ष जनशक्तिको कार्य क्षमता वृद्धि गर्ने उद्देश्य अनुरुप प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट सम्वन्धन पछि उक्त शैक्षिक कार्यक्रम खरिपाटीस्थित नेपाली सेनाको विद्युत तथा यान्त्रिक शिक्षालयमा संचालन गरिने भएको छ ।

 

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सानोठिमी भक्तपुरमा आयोजित उक्त समझदारी पत्र हस्ताक्षर कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरु, व्यावसायिक तालिम परिषदका सदस्य सचिव तथा अन्य पदाधिकारीहरु लगायतको उपस्थिती रहेको थियो ।

 

नेपाली सेनामा पहिलो पटक संचालन भएको यस प्रकारको शैक्षिक कार्यक्रमले मध्यम स्तरको दक्ष प्राविधिक जनशक्तिको उत्पादन भई नेपाली सेना तथा समग्र राष्ट्रको प्राविधिक जनशक्तिको आवश्यकता पूर्ति हुनुको साथै नेपाल सरकारको “समृद्ध नेपाल सुखी नेपाली“ को अवधारणामा समेत थप टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्