रोमान्टिक भिडियो सार्वजनिक



सुचिन्ता श्रेष्ठद्वारा स्वरबद्व एकचोटी आइदेउन बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ।
गीतमा अमन प्रधानको शब्द, संगीत र एरेन्जमेन्ट रहेको छ।
रोमान्टिक शैलीको गीतको म्युजिक भिडयिोमा सृष्टि श्रेष्ठ र सञ्जीव थेबे लिम्बुलाई फिचरिङ गरिएको छ। निशान घिमिरे कस्यपले निर्देशन गरेको म्युजिक भिडियोमा उत्सव दाहालको छायांकन रहेको छ भने सम्पादन निर्देशक घिमिरेले नै गरेका छन्।

प्रतिक्रिया दिनुहोस्