मनोकामना पूरा गर्ने कालिका



सरस्वती न्यौपाने, रसुवा
सुवाको दक्षिणी भेगअन्तर्गत धैबुङ गाविसको वडा नम्बर ५ स्थित धैबुङ कालिका (उत्तर कालिका) को दर्शन गर्दा मागेका कुरा पूरा हुने जनविश्वास रहीआएको छ।
एउटै पहाडको एउटै पाटोमा शिरमा गोसाइँकुण्डको र खुट्टा उत्तरगया धामका बीचमा कालिका मन्दिर रहेको छ। गोसाइँकुण्डको यात्रा गर्ने क्रममा कालिका माईको दर्शन गर्नाले यात्रा सहज हुने र गोसाइँकुण्डबाट फर्कंदा कुण्डको जल कालिका मन्दिरमा चढाउँदा कालिका प्रशन्न भई आफूले जे माग्यो त्यही पुर्याउने, दुःख–कष्ट नाश हुने किंवदन्ती रहेको छ।
काठमाडांैबाट ९५ किलोमिटरको यात्रा पार गरेपछि बेत्रावतीबाट उठ्दै गएको पहाडको काखमा अवस्थित समथर भू–भाग कालिका बजारदेखि उत्तर पश्चिमको ५ मिनेटको पैदल यात्रापछि मन्दिर पुगिन्छ। यसै मन्दिरको नामबाट कालिका गाउँपालिका, कालिका क्याम्पस, स्कुल, कालिका बजार, कालिका अस्पताल, कालिका पोस्ट आदिको नामकरणसमेत भएको छ। भने धैबुङ गाविस नामकरण हुनु पनि छुट्टै इतिहास रहेको छ। किंवदन्तीअनुसार धैबुङकोट कोटघर रहेको थियो। यहाँ कोटघर बास बसी गोसाइँकुण्ड जाने भक्तजनलाई दही धुमले स्वागत गर्ने हुनाले गाविसको नाम नै दही धुमबाट रूपान्तरण भई धैबुङ रहेको भन्ने धार्मिक मान्यता रहेको छ।
विसं १८११ मा नेपाल–तिब्बत बीच युद्धका क्रममा तिब्बती सेनाले मन्दिरलगायतका क्षेत्र विजय प्राप्त गरेर मन्दिरमा बास बसे। विजय उत्सव मनाउँदै मन्दिरमा यात्रतत्र गाई काटेर भोज गरे। उनीहरूको कूकृत्यले देवी क्रुद्ध भई चट्याङसहित असिनापानी पारेर तिब्बती सेनाको ठूलो सैनिक क्षति गराइदिइन्। जसका कारण तिब्बती सेना त्रिशूलीमा होमिन पुगे।
धार्मिक दृष्टिले उत्तर कालिका चार कालिकामध्ये एक रहेकी छन्। गोसाइँकुण्ड र कालिका मन्दिरको सम्बन्ध विचित्रको छ। समुन्द्र मन्थन गर्दा कालकुट बिषले दुःख दिएपछि महादेवले उक्त बिष मुखमा राखेर धैबुङ कालिका (उत्तर कालिका) स्थापना गरी मेरो दर्शन गर्न आउने भक्तजनले कालिकाको दर्शन गर्नू भनेर भन्नुभएको मानिन्छ। प्रसिद्ध कालिका माई मन्दिर कुन समयमा कसरी स्थापना भयो भन्ने प्रमाण भने छैन। मन्दिरमा रहेको शिलालेखअनुसार अन्दाज भने लगाउन सकिन्छ।
विसं १८११ मा नेपाल–तिब्बत बीच युद्धका क्रममा तिब्बती सेनाले मन्दिरलगायतका क्षेत्र विजय प्राप्त गरेर मन्दिरमा बास बसे। विजय उत्सव मनाउँदै मन्दिरमा यात्रतत्र गाई काटेर भोज गरे। उनीहरूको कृत्यले देवी क्रुद्ध भई चट्याङसहित असिनापानी पारेर तिब्बती सेनाको ठूलो सैनिक क्षति गराइदिइन्।
नेपाली सेनाले हारको पीरमा कालिका माईसँग प्रकार गर्दा कालीले नुवाकोटको दुधे लामा डाँडाको वन, दुप्चेको माथिल्लो वनमा कपडा बेरेर मानव रूप बनाई नेपाली सेनालाई नयाँ बुद्धि प्रदान गरेकी थिइन्। तिब्बती सेनाले मन्दिरमा भएको क्षति र उता ठूलो फोज देखेर यत्रतत्र गोलाबारुद गरे। तर, जति गरे पनि नेपाली
सेनाको संख्या नघटेकाले तिब्बती सेनामा हाहाकार मच्चियो। युद्धको सामान सकिएपछि तिब्बती सेना बेत्रावतीमा पुगेर त्रिशूली नदीमा हामफाल्दा स्वाहा भए।
तत्पश्चात् बेत्रावती सन्धि भएको इतिहासमा उल्लेख छ। युद्धको अवशेषका रूपमा मन्दिर आसपासमा गढीहरू रहेका छन्। सुनखानी गढी, कमारेगढी युद्ध सामाग्री भण्डार ढु·े गुफाहरू रहेका छन्। पहाडको टुप्पोमा नजर घुमाउने हो भने चाँदीझैं टल्कने हिमालको दृश्य देखिन्छ। चारैतिर वनजंगल रहेका छन्। प्राकृतिक छटा र मन्दिर दर्शन गर्नाले छुट्टै आनन्द मिल्छ।
यस क्षेत्रबाट सलल बगेको त्रिशूली सातधारे लेकको दृश्य, ककनी रानीपौवा बूढानीलकण्ठको शिर, शिवपुरी, हिमालदेखि नागबेली पहाड तथा समथर फाँटको दृश्यावलोकन गर्न सकिन्छ।
२०७२ सालको भूकम्प जानुअघि सम्म मन्दिर व्यवस्थित थिएन तर अहिले धेरै व्यवस्थित बनाइएको छ। गाउँलेहरूको सक्रियतामा मन्दिरसम्म पुग्नका लागि पासाङल्हामु राजमार्गबाट करिब १ किलोमिटरको उकालो चढ्न रोलिङसहितको ढलानवालको सिँढी बनाइएको छ।
मन्दिर पनि व्यवस्थित बनाइएको छ। त्यहाँ औंसी, पूर्णिमा, हरिबोधनी एकादशीलगायत दशैंमा नौरथाभरि पूजापाठ गर्ने गरिन्छ। तिब्बती सेनालाई देवीको शक्तिबाट विजय प्राप्त गरेको भएर नेपाली सेनाबाट पनि कालिका मन्दिरमा विशेष पूजा पाठ हुने गर्दछ।
भगवान् शिवले कालकुट बिष सेवन गरी भौंतारिँदै कालिकाको दर्शनपश्चात् उकालो लागेपछि नीलादी पर्वत गोसाइँकुण्डमा त्रिशूलले भित्तामा खोपेर पानी निकाली एउटा कुण्ड बनेपछि शिव त्यही कुण्डमा विराजमान हुनुभयो। त्यस कारण गोसाइँकुण्ड जाँदा कालिकाको दर्शन गरी फर्केर आउँदा गोसाइँकुण्डको जल कालिकालाई चढाउने चलन रहेको छ।
ओझेलमा परेको कालिका मन्दिर
एउटा ऐतिहासिक महत्व बोकेको कालिका मन्दिरको महिमा कमैलाई थाहा छ। कालिका देवीको स्थानीय सरकार तथा सम्बन्धित निकायले प्रचार–प्रसारमा ध्यान दिएको छैन। पाथिभरा, कालिञ्चोक, पलाञ्चोक भगवती जस्तै कालिका देवीको पनि प्रचार–प्रसार गर्न सके धार्मिक पर्यटकीय हिसाबले प्रमुख गन्तव्य हुन सक्छ।
धैबुङकोटको महत्व र धुमर दहीको महिमा धेरैलाई थाहा छैन। स्थानीय सरकार बनेपछि गाउँपालिकाले उचित चासो दिएर लागिपर्नुपर्ने हो। ‘गाउँपालिका बनिसकेपछि उचित चासो दिएका कारण मन्दिर तथा यस क्षेत्रको केही हदसम्म सुधार भएको छ’, गाउँपालिका अध्यक्ष सीता अधिकारी भन्नुहुन्छ– ‘रह्यो कुरा प्रचारको त्यो पनि मेरो कार्यकालसम्ममा ऐतिहासिकरूपमा नै चर्चामा रहन्छ।’
‘कालिका मन्दिर सबै जातजातिको साझा धार्मिकस्थलका रूपमा चिनिन्छ, एक शक्तिपीठका रूपमा पुजिन्छ’, उत्तरगया गाउँपालिकाका–४ ढु·ेकी स्थानीय नानीमाया लोले आफ्नो अनुभव सुनाउँदै भन्नुभयो– ‘कालिका देवीको महिमा धेरै छ। उति बेला मेरो हजुरबुबाको काठमाडौंको ठमेलमा घर थियो। मेरो बुबा, फुपूहरूको सन्तान कालिका मन्दिरमा भाकल गर्नुभएको थियो रे! पछि बिर्सनुभएछ क्यारे! ऋण लागेर घर लिलाम भएको थियो। पछि आफ्नै गाउँ फर्किएपछि मेरो फुपू र हजुरबाले रगत छाद्नुभएछ। घुम्दै जाँदा कालिका गाउँपालिका–१ राम्चेमा पुगेर जुम्रा नै जुुम्रा भएको बोका भेटेछन्। त्यो बोका चढाउँछु भनेर भाकल गरी घर मा ल्याएर पाल्नुभएछ। कालिकालाई बोका चढाएपछि त्यहाँबाट आफूले आटेको कामहरू पूरा भएको थियो रे !’
कालिका मन्दिर परिसरमा माघेसंक्रान्तिको अघिल्लो दिन आमाबाबु नहुनेले पितृको आत्मा शान्तिका लागि बत्ती बालेर जागराम बस्ने गर्दछन्। यहाँको खैंचडी भजन पनि प्रसिद्ध छ।
बेत्रावती उत्तरगया धाम नुवाकोट र रसुवाको सिमाना छुट्याउने बेत्रावतीमा पर्छ। यस धार्मिकस्थल एक महत्वपूर्ण पर्यटकीस्थल काशी गया र चारधामको जतिकै धार्मिक महत्व छ। धर्मशास्त्रमा लेखिएका कारण भारतबाट पनि थुप्रै भक्तजन दर्शन गर्न आउने गर्दछन्। शिव भगवान्ले वेदको लौरो घोटेका हुनाले बेत्रावती नाम रहेको भन्ने धार्मिक ग्रन्थमा उल्लेख छ।
यस क्षेका मानिस ७५ प्रतिशत आत्मनिर्भरताका साथ आफैंले अन्न उब्जाउ गरेर आम्दानी गर्छन् र नुवाकोटको त्रिशूली, बट्टार, ढु·ेमा समेत अन्न बाली बेच्न पुग्छन्। यस क्षेत्रमा थुप्रै कुण्ड, ताललगायत धार्मिक आस्थासँग जोडिएको मठ–मन्दिर रहका छन्।
कालिका मन्दिर काठमाडौंबाट ३ वटा बाटो भएर आउन सकिन्छ कलंकी–नागढु·ा–गल्छी, टोखा–छहरे रोड र माच्छापोखरीबाट ककनीको बाटो हुँदै आउन सकिन्छ। पर्यटकीय हिसाबले पनि यस ठाउँमा शान्ति सुरक्षा एकदमै राम्रो रहेको छ। र, आन्तरिक तथा बाह्य पर्यटकका लागि आवत–जावतमा सहज वातावरण रहेको छ। कालिका मन्दिरको फेदमा नै पासाङल्हामु राजमार्ग रहेकाले पनि यसको धेरै महत्व रहेको छ।
काठमाडौंदेखि बूढानीलकण्ठ हुँदै गोसाइँकुण्ड जाने पदमार्ग पनि छ। त्यसमाथि कालिका देवीको पाउ हुँदै गोसाइँकुण्ड पुगिन्छ। जनैपूर्णिमाको दिन गोसाइँकुण्ड जान सकिएन भने पनि यस मन्दिरमा गई पूजाआजा गरे फलिफाप मिल्ने कथन छ। यस जिल्लामा पर्यटकीय गन्तव्य र ऐतिहासिक सम्पदाका बारेमा उचित प्रचार–प्रसार हुन सकेको छैन। पर्यटनकीय स्थल धेरै छन्। कतिपय सरकारको संरक्षणमा छ भने कतिपय सम्पदा स्थानीय तहले संरक्षण गरेर राखेका छन्।
नेपाल–चीन बीचको भूमि युद्ध र सन्धिस्थल जस्ता ऐतिहासिक घटनाहरूले यस जिल्लालाई देशकै महत्वपुुर्ण स्थलका रूपमा स्थापित बनाएको छ। भने रसुवागढी, घलेगढी र ऐतिहासिक बेत्रावतीमा सन्धिलगायतका महत्वपुर्ण ठाउँ रहेका छन्। १ सय ८ कुण्ड रहेको छ। भने यहाँको प्राकृतिक सौन्दर्य राष्ट्रिय निकञ्ज र भाषा संस्कृति पनि महत्वपूर्ण रहका छन्।
जिल्लाभित्र जति पनि देवी–देवालय रहेका छन् त्यीमध्ये पनि कालिका मन्दिर मुख्य शक्तिपीठका रूपमा मानिन्छ। गर्मीमा अत्यधिक गर्मी तथा जाडोमा अत्यधिक जाडो नहुने यस ठाउँ बस्नेलाई पनि आनन्दमय रहेको छ।
मुख्यतया यहाँ दशैं, तीज, अन्य महत्वपूर्ण चाडहरूमा मेला लाग्ने गर्दछ।
 कसरी पुग्ने
काठमाडौंबाट मोटर चढेपछि साढे ३ घन्टामा कालिकास्थान आइपुगिन्छ र बजारबाट ढलान गरेको सिँढी चढेर हिँड्दा ५ देखि १० मिनेटमा मन्दिर पुगिन्छ।
खाना—बस्नका लागि राम्रो व्यवस्था
साविकको धैबुङ गाविस हालको कालिका गाउँपालिका वडा नं. ५ कालिकास्थानमा घुम्ती बजार रहेको छ। आफ्नो रोजाइअनुसार नै बास बस्न र खानाको राम्रो व्यवस्था छ। त्यहाँको कालिका क्षेत्र विकास समितिले उपयुक्त व्यवस्थापन गरेको छ।
 विवाहादिका लागि उपयुक्त
यस ठाउँमा विवाह, व्रतबन्धलगायत वनभोजका लगि उपयुक्त ठाउँहरू रहेका छन्। यहाँ आउने जो–कोही प्रफुल्लित हुने गर्दछन्।
 अन्तरिक तथा बा≈य पर्यटकको गन्तव्य
काठमाडौंबाट छोटो दूरीमा पर्ने कालिकास्थान र कालिका मन्दिर धार्मिक आस्थाले ओतप्रोत भई आउने पर्यटकका लागि जिउँदै स्वर्ग गएको जस्तो
अनुभूति गराउने खालको छ।
प्रतिक्रिया दिनुहोस्