विथ एन्ड फर अवार्डद्वारा ‘छोरी’ सम्मानित



नेपाल समाचारपत्र, काठमाडौं । 

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ‘छोरी’ लाई बेलायतमा सम्मान गरिएको छ। बेलायतमा रहेको विथ एन्ड फर गल्र्स कलेक्टिभ नामक संस्थाद्वारा नेपालमा लामो समयदेखि किशोरी तथा महिला सशक्तीकरणको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको भनी गैरसरकारी संस्थाले छोरीलाई सम्मान गरेको हो ।

छोरीलाई विथ एन्ड फर गल्र्स कलेक्टिभ अवार्ड २०१९ प्रदान गरिएको छ। सम्मानको राशि ५० हजार अमेरिकी डलर र प्रशंसापत्र रहेको छोरीकी कार्यकारी निर्देशक हीरा दाहालले बताउनुभयो। प्लान इन्टरनेसनल यूके, नोभो फाउन्डेसन अमेरिका, ग्लोबल फन्ड फर बुमेनलगायत विश्वका ११ वटा दातृ निकायको संयुक्त सहभागितामा विथ एन्ड फर गल्र्स कलेक्टिभको स्थापना गरिएको हो।

यसले किशोरको सशक्तीकरणमा कार्यरत महिलाद्वारा स्थापना तथा नेतृत्व गरिएका संस्थालाई छनोट गरी पुरस्कृत गर्ने गरिन्छ। छोरीलाई विविध
किसिमले जोखिममा रहेका, उत्पीडनमा पारिएका किशोरीहज्ञको संरक्षण र सशक्तीकरणमा योगदान पु¥याएको भनी यो अवार्ड प्रदान गरिएको हो।

छोरीले डान्स बार, क्याबिन, रेस्टुरेन्ट, मसाज पार्लरलगायत मनोरञ्जन क्षेत्रमा कार्यरत यौन तथा श्रम शोषणमा परेका वा उच्च जोखिममा रहेका किशोरी तथा महिलाहरू, लैगिंक हिंसा तथा मानव बेचबिखनमा परेका किशोरी तथा महिलालाई लक्षित गरी आवास गृह सञ्चालन गर्नुका साथै घुम्ती परामर्श सेवा, सीप विकाससम्बन्धी तालिमहरू, आयआर्जन कार्यक्रम, शैक्षिक सहयोग, पैरवी तथा वकालतलगायतका कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।

सम्मानले आफूलाई कार्यपथमा अझ प्रतिबद्ध भएर अघि बढ्न हौसला प्राप्त गरेको निर्देशक दाहालले बताउनुभएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्