योगीलाई कार्यवाहक महासचिवको जिम्मेवारी



काठमाडौं, (नेस)

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई संघीय संसद्को कार्यवाहक महासचिवको जिम्मेवारी दिइएको छ।

संसद्का महासचिवबाट मनोहरप्रसाद भट्टराई सेवा निवृत्त भएपछि सभामुख अग्नि सापकोटाले अर्को व्यवस्था नभएसम्मका लागि योगीलाई जिम्मेवारी दिनुभएको हो।

सभामुख संघीय संसद्को व्यवस्थापन समितिको प्रमुख रहने प्राबधान रहेको छ। समितिमा राष्ट्रिय सभाका अध्यक्ष रहने व्यवस्था रहेको छ। सभामुख सापकोटाले राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाको परामर्शमा योगीलाई कार्यवाहकको जिम्मेवारी तोकेको पत्रमा उल्लेख गरिएको छ।

सभामुख सापकोटाले दिएको पत्रमा योगीलाई महासचिवले गर्ने सम्पूर्ण कामको जिम्मेवारी हुने र त्यसैअनुसार सेवा सुविधा हुने उल्लेख गर्नुभएको छ।

 

प्रतिक्रिया दिनुहोस्