डिसहोममा सुनौलो तारा



काठमाडौं, (नेस)
डिस होमले सुनौलो तारा कार्यक्रम शुरू गरेको छ। डिस होमको च्यानल नं. १०२ रियालिटी टिभीमा चैत १ गते शनिबारदेखि प्रशारण शुरू हुने यो कार्यक्रम हरेक हप्ता शुक्रवार र शनिबार राति साढे ८ बजे प्रसारण हुनेछ।
रियालिटी टिभी डिसहोमको सम्पुर्ण प्याकेजका ग्राहकको लागि उपलव्ध हुनेछ।
सुशीला आर्टस् एकेडेमीको परिकल्पनामा तयार गरिएको यो कार्यक्रमलाई सिल्भर माउन्टेन स्कुल अफ  होटल म्यानेजमेन्टले सह प्रायोजन गरेको छ।
यस कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुने सहभागीलाई क्रमशः ५ लाख, ३ लाख र १ लाख रुपियाँ डिस होमले प्रदान गर्नेछ। विभिन्न सरकारी विद्यालय तथा बाल संस्थामा ४ सयभन्दा बढी बालबालिकाको अडिसनपछि छानिएका ४० जनाको प्रतिभा प्रस्तुत गर्ने मञ्चको रूपमा सो कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्