कोरोनाबाट बच्नका लागि ‘नमस्ते’ गर्न नेपालको आग्रह



काठमाडौँ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले काेराेना अर्थात्  कोभिड–१९ बाट बच्न एकापसमा भेट्दा हात मिलाउनुको साटो नेपाली संस्कृतिअनुसार नमस्ते आदानप्रदान गर्न दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य मुलुककाका नेतालाई आह्वान गर्नुभएको छ ।

कोभिडविरुद्ध लड्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० सदस्य मुलुकबीच सञ्चालन गर्नुभएको भिडियो कन्फरेन्समा प्रधानमन्त्री ओलीले कोभिड साझा समस्या र चुनौती भएकाले यसविरुद्ध लड्न साझा पहल हुनुपर्नेमा जोड दिँदै सचेतना अभियान चलाउन, रोकथामका लागि परिचालित हुन र आम भेला आयोजना नगर्न पनि आग्रह गर्नुभयो ।

कोभिडविरुद्ध लड्न सार्क आपत्कालीन कोष खडा गर्न भारतीय प्रधानमन्त्री मोदीको प्रस्तावलाई स्वागत गर्दै प्रधानमन्त्री ओलीले ग्रामीण क्षेत्रमा अस्पताल तथा अनुसन्धान र उपचारका लागि सञ्जाल विस्तार गर्न पनि सुझाव दिनुभयो ।

उहाँले आफ्ना आर्थिक कारोबार, आन्तरिक व्यापार र क्षेत्रीय संवादलाई निरन्तरता दिन पनि उहाँले आग्रह गर्नुभयो । सो कन्फरेन्समा सार्कका अध्यक्षसमेत रहनुभएका ओली सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भाग लिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्