प्रचण्डलाई थप्पड हानेका कुँवर पक्राउ



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सात वर्षअघि थप्पड हानेका पदम कुँवर पक्राउ परेका छन् ।

कुँवरलाई शनिबार साँझ बानेश्वरस्थित संसद भवनबाट प्रहरीले पक्राउ गरेको हो । संसद भवनको शौचालयमा प्रवेश गरेका कुँवरको सुरक्षाकर्मीसँग झगडा भएपछि पक्राउ परेका हुन् । संसद भवन छिर्नुको कारण सोधपुछ गर्ने क्रममा कुँवर र सुरक्षाकर्मीबीच विवाद भएको थियो ।

२०६९ मंसिर १ मा भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा कुँवरले प्रचण्डमाथि थप्पड प्रहार गरेका थिए । पक्राउ परेका कुँवरमाथि थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्