‘घरबाट भोको पेट विद्यालयमा खाजा’



न्युज अफ नेपाल, धादिङ । 

दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ सिमथली स्थित प्रजा आधारभुत विद्यालयका चेपाङ बालबालिका विद्यालय आउँदा भोकै आउँछन् भन्दा पत्यार नलाग्न सक्छ तर यो वास्तविकता वषौँदेखि चलिरहेको छ ।

कक्षा २ मा अध्यायनरत सेविका चेपाङ ७ वर्षको हुनुभयो । घरमा खानेकुरा नभएकोले विहान उनि खाना नखाइ आउनुहुन्छ । जब विद्यालय आउनुहुन्छ । यताउता हेरीरहने बानी छ । कहिलेकाहीँ मात्र विहानको खाना खाएर आउने भएकोले धेरै जसो भोकै आएपछि खाजा बनाउने ठाउँ तिर एकटकले हेरेपछि कक्षा तिर पुग्ने गर्नुहुन्छ । निन्याउरो अनुहारमा कक्षा बस्ने भएकोले कतिखेर खाजा खान पाइन्छ भनेर उनिहरु झ्यालतिर हेरेर बसेको टिठलाग्दो दृश्य देखिन्छ ।

कक्षा २ मा अध्यायन गर्ने अनिशा चेपाङ पनि खाली खुट्टा विद्यालय आउनुहुन्छ । विद्यालय पोशाक लगाएको देखिएकै छैन। आमा बुबा ज्यागर्न जान्छन् । बिहान निस्कने आमा बुबाले बेलुका घरमा खानेकुरा ल्याए भने उनिहरुले खाना खान पाउँछन् अन्यथा बेलुका पानी खाएर भोकै बस्नु उनिहरुको बाध्यता हो ।

कक्षा ४ मा अध्यायनरत १० वर्षीय सुजन चेपाङ पुरानो कपडा लगाएर विद्यालय आउँछन् । खाना खाने तर कहिले काँही बेलुका मात्र हो । ज्याला गरेर किनेको चप्पल समेत फटेको छ । विद्यालय आउँदा लाज हुने भएपछि उनि विदाकोदिन ज्याला गरेर कमाएको थोरै पैसा जोहो गरेर चप्पल किनेर लगाउने गर्छन् ।

कक्षा ४ मा अध्यायन गर्ने सन्तोष चेपाङको हालत पनि उस्तै छ । खानेकुरा घरमा छ्रैन । विद्यालयको खाजाका लागि आउने गरेको चेपाङ बालबालिकाहरु समस्यासंग जुधिरहेका छन् । चार कक्षा पढ्ने भएपनि उनिहरु ज्याला गर्न जान सक्ने कहलिन्छन् । ज्याला गर्न नपाएको दिन विद्यालय आउने विद्यार्थीको संख्या पनि । ज्याला गर्नु उनिहरुको बाध्यता र पेट पाल्ने आधारको रुपमा लिइएको छ ।

यि पात्रहरुहरु प्रतिनिधिमात्र हुन् । प्रजा आधारभुत विद्यालयमा अध्यायन गर्ने १ सय १० विद्यार्थीमध्ये २५ जना विद्यार्थी हरेक दिन विद्यालयको खाजा खान पाइन्छ भनेर आउने गरेका छन् भने ७५ जना विद्यार्थी खाली खुट्टामा र विद्यालय पोशाक नलगाई विद्यालय आउने गरेको विद्यालयका प्रधानाध्यापक अप्सरा मैनालीले जानाकारी दिनुभयो ।

घरमा खाने अन्न नभएका चेपाङ समूदायको बसोबास रहेको सिमथलीमा ७० घर छन्।बै छाप्रा बनाएर बसेको गाउँमा र विद्यालयमा खानेपानी समेत छैन । विकासको सबै पूर्वाधारबो पहुँचबाट टाढा रहेको सिमथली बासीका लागि आय आर्जनको कुनै उपाय नभएपछि गाउँबासी ज्याला मजदुरी गर्न गाउँ छाडेर हिड्ने र केही मानिस बच्चा भएकोले गाउँमै बसेर एक छाकको भरमा जिवन निर्वाह गरिरहेको कष्टकर जिवन देख्न सकिन्छ ।

नेपाल सरकारले २०३५ सालदेखि लागु गरेको प्रजा विकास कार्यक्रम र एनजिओहरुले गरेको विकासले नछोएको र उनिहरुको फोटोमात्र एनजिओको कार्यालयहरुमा पुगेको अवस्थामा गाँको विकासमा लाग्ने हो भने गाउँबासीको आम्दानी हुनेयोजना स्थानीय सरकारले बनाएरमात्र सम्भव हुने प्रधानाध्यापक मैनालीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्