यसरी बनाइन्छ घरेलु रक्सीबाटै स्यानिटाइजर (भिडियोसहित)



न्युज अफ नेपाल, काठमाडौं ।

कोरोनाको त्राससँगै बजारमा स्यानिटाइजरको अभाव भएपछि सातदोबाटोस्थित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्राविधिकहरुले घरेलु रक्सीबाटै स्यानिटाइजर बनाएका छन् ।

नास्टका उपकुलपति सुनीलबाबु श्रेष्ठको निर्देशनमा ललितपुर महानगरपालिकाका कर्मचारीकै अगाडि प्राविधिकहरुले रक्सीबाट स्यानिटाइजर बनाएका हुन् ।

नास्टका प्रविधिकले बनाएको स्यानिटाइजर विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को मापदण्ड अनुसारकै रहेको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनका स्वकीय सचिव राजु महर्जनले दाबी गरे । महर्जनको दाबीपछि डब्ल्युएचओका प्रतिनिधिले उक्त स्यानिटाइजर हातमा लगाएर जाँच समेत गरेका थिए ।

रक्सीबाट बनाइएको सो स्यानिटाइजर छिटै बजारमा उपलब्ध गराउने मर्हजनले बताएका छन् । १०० एमएलको स्यानिटाइजरलाई १५० रुपैयाँ भन्दा बढी नपर्ने उनले बताए ।

भिडियो: उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्