डिभोर्स गर्ने तरखरमा पूर्वमिस नेपाल उषा खड्गी



न्युज अफ नेपाल, काठमाडौँ ।

पूर्वमिस नेपाल उषा खड्गीले श्रीमान् जीपी तिमिल्सिनासँग सम्बन्धविच्छेद गर्ने बताएकी छन् ।

खड्गीले एक टेलिभिजन कार्यक्रम मार्फत सो कुराको जानकारी दिएकी हुन् । आफू शारीरिक र मानसिक रुपमा दुर्व्यवहारमा परेको बताउदै १७ वर्ष लामो सम्बन्धलाई टुङ्ग्याउन लागेको उनले बताइन् ।

दुई वर्ष लामो प्रेम सम्बन्धमा रहेका उनीहरुले १५ वर्ष अघि बिहे गरेका थिए । खड्गी र तिमिल्सिनाका एक छोरा र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्