मूल्य नपाएपछि मुला खेतीमा ट्रयाक्टर 



न्युज अफ नेपाल, धादिङ । 

बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ५ विशालटारमा किसानहरुले मुला लगाएको मुला जोतेर नष्ट गरेका छन् ।

जब मुला विक्रि गर्ने बेला भयो किसानले उत्पादन गरेको मुलाको मूल्या नआएपछि किसानहरुले धमाधम मुलामा ट्याक्टर लगाएर जोतेका हुन् । बिशालटारमा १० रोपनी जग्गामा मुला लगाएर आम्दानी गर्ने योजना बनाएका कृषक केशवराज नहर्कीले धमाधम मुलाबारीमा जोतेरनष्ट गर्नु भयो ।

बजारमा लगेर विक्रि गर्दा प्रतिकेजी दुईतिन रुपैयाँ पनि आउँदैन । यसले गाडी भाडा समेतपुग्दैन । त्यसैले बजार लगेर विक्रि गर्नेदुख गर्नुभन्दा बारीमा जोतेर छाडे मलको रुपमा प्रयोग हुने भएकोले बारीमै जोतेरनष्ट गरेकोनहर्कीको भनाइ छ ।

वर्षभरी उत्पादन गर्ने, बिउराख्ने, यसलाई गोडमेल गर्ने, मल हाल्नेरपानी लगाउने, नियमत यतिकाम गर्दा किसानको लागत समेतउठाउन नपाएपछि विशालटारका मूला लगाएका किसानहरु मर्कामा परेका छन् । किसानले बजारलगेर २/३ रुपैयाँमा विक्रि गरेको मूला विचौलियाकाले नामाखाँदै गर्दा उपभोक्ताको हातमा पुग्दा ४५ रुपैयाँ प्रतिकिलोग्राम पर्ने गरेको छ ।

हाल किसानले बजार नपाएर २/३ रुपैयाँमा विक्रि गरेको मूला धादिङबेसी बजारमा उपभोक्ताले किन्दा ४० रुपैयाँ प्रतिकेजी पर्ने गरेको छ भने काठमाण्डौको बजारमा उपभोक्ताले खरिद गर्दा ५५ देखि ६० रुपैयाँ प्रतिकेजी पर्ने गरेको पाइएको छ ।

बिचौलियाले किसानलाई मार्ने अवस्वस्थामा पुर्याएको र धेरै नाफा विचौलियाले खाएका कारण उत्पादक र उपभोक्रा दुबै मारमा परेको आफ्नो बारीमा लगाएको मुला नष्ट गरेका शिालटारका किसान राजकुमार बिसुरालले बताउनु भएको छ।

उत्पादनको आधारमा सरकारले अनुदान दिनुपर्ने, कृषिमा लगानी ट्याक्टरनाफा कमाउनेलाई बाड्न दिएरनभइ आवस्यकताकोआधारमा दिनु पर्ने र सरकारलेनै कृषि क्षेत्र सुधारका योजना कृष्कलागि हुनेगरिल्याउनुपर्ने बिसुरालकोभनाइ छ ।

बेनिघाटरोराङ गाउँपलिका अध्यक्ष हरी डल्लाकोटीले गाउँपालिकाले कृषिमा लगानी गरेको बताउनुभयो। प्रत्यक्ष लाभ पुग्ने गरि कृषिमा अनुदान नदिएको र कृषकहरु, समस्यामा परेकाहरु कार्यालयमा आएपछि समस्या सम्बोधन गर्ने अध्यक्ष डल्लाकोले प्रतिवद्धता जनाउनु भएको छ।

प्रतिक्रिया दिनुहोस्