भवन निर्माण गर्न १० लाख सहयोग



इलाम, (नेस)
जिल्लाकै एकमात्र ठूलो टुँडिखेललाई आधुनिक रंगाशाला बनाउन माईभ्याली फूटबल क्लबले पहल थालेको छ। पशु अस्पताल र कृषि कार्यालयको स्वामित्वको जमिन त्यसै खेर गइरहेको अवस्थामा उक्त जमिनलाई प्रयोगमा ल्याएर आधुनिक रंगशाला बनाउन पहल थालेको हो। क्लबले प्रदेश सरकारअन्तर्गत भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम रानालाई उक्त परियोजना प्रस्ताव पेश गरेकोे छ।
सो जमिन कार्यान्वयनमा ल्याउन सके खेलमैदानको सतहभन्दा मुनि खेलाडी ड्रेसिङ रुम, खेलकुदका सबै विधाहरुको अफिस, भीआईपी रुम र सतहमाथि मञ्चलगायत ९ स्टेपको प्याराफिट बनाउन सकिने गरीको परियोजना प्रस्ताव पेश गरेको छ। जसले गर्दा टुँडिखेलको भित्री भागको आकार बृद्धि भई अन्तर्राष्ट्रियस्तरको खेल मैदान बन्ने क्लबका अध्यक्ष धिरेन चेम्जोङले बताए।
फुटबललाई नयाँ उचाइमा पुर्याउन संघर्ष गरिरहेको क्लबको भवन बनाउन दाताहरुबाट सहयोग संकलन शुरु भएको छ। क्लबको आफ्नै भवन नहुँदा कामकाजमा समस्या आएको जनाइएको छ।
यसैलाई मध्यनजर गरेर माईभ्याली गोल्डकपको चौथो संस्करणसम्म प्रथम पुरस्कार प्रदान गर्दै आउनुभएका इलाम सूर्योदय नगरपालिका पञ्चकन्या निवासी तारा रोजु सापकोटाले क्लबको भवन बनाउन १० लाख रूपियाँ आर्थिक सहयोग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्