राति कफ्र्यु



मनिला, (एजेन्सी)
फिलिपिनो सरकारले कोरोनाको महामारी फैलिन नदिन शनिबार राजधानी मनिलामा कफ्र्यु लगाउने तथा एक महिनाका लागि सपिङ मलहरू बन्द गराउने घोषणा गरेको छ।
कोरोना भाइरसका कारण फिलिपिन्समा हालसम्म ८ जनाले ज्यान गुमाइसकेका छन् भने शनिबार हालसम्ममै सबैभन्दा बढी व्यक्तिमा संक्रमण भएको भेटिएको सरकारी अधिकारीहरूले बताएका छन्।
पछिल्लो समयमा ३ जनाको ज्यान गएको तथा नयाँ ३४ जनालाई संक्रमण भएपछि संक्रमितको कुल संख्या ९८ पुगेको बताइएको छ। मनिलाको जनसंख्या कम्तीमा १ करोड २० लाख रहेको छ।

प्रतिक्रिया दिनुहोस्