बकैयाले जित्यो उपाधि



हेटौंडा, (नेस)

मकवानपुरको बकैया गाउँपालिकामा सम्पन्न बकैया कप फुटबलको उपाधि वडा नम्बर–५ ले जितेको छ। बकैयास्थित जुरेलीको मैदानमा भएको फाइनलमा वडा नम्बर–५ ले टाइब्रेकरमा वडा नम्बर–३ लाई सडनडेथमा ८–७ गोलले पराजित गर्दै उपाधि जितेको हो। विजेताले १ लाख र उपविजेताले ५० हजार रुपियाँ प्राप्त गरे।

प्रतियोगिताका उत्कृष्ट किपर बकैया–३ का विक्रम नेगी, डिफेन्डर विकास वाइबा (बकैया–५), मिडफिल्डर बकैया–३ का छेवाङ भोम्जन, फरवार्ड नवराज घलान (बकैया–५), गोलकर्ता बकैया–१० का सुरज थिङ, अनुशासित बकैया–८ भए। उनीहरुले नगद ४ हजार हात पारेका थिए।

प्रतिक्रिया दिनुहोस्