पुनर्बीमा कम्पनीको आईपीओ ४ गतेबाट 



काठमाडौं, (नेस)
नेपाल पुनर्बीमा कम्पनीले चैत ४ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १ सय रुपियाँ अंकित मूल्यमा १ करोड ६० लाख कित्ता आइपीओ जारी गर्न लागेको हो। कम्पनीले कुल पुँजी १० अर्बको १६ प्रतिशतले हुन आउने पुँजी १ अर्ब ६० करोड रुपियाँ बराबरको सेयर निष्कासन गर्न लागेको हो।

जसमध्ये ७३ हजार ५ सय कित्ता कर्मचारीहरूलाई बाँडफाँड गरिएको र ५५ ले हुन आउने ८ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँँड गरिएको छ। बाँकी १ करोड ५१ लाख २६ हजार ५ सय कित्ताका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन्।

उक्त सेयरमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आइपीओ निष्कासनका लागि कम्पनीले आरबीबी मर्चेन्ट बैकिङ लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। उक्त आइपीओ निष्कासन बन्द छिटोमा चैत ७ गते हुनेछ भने ढिलोमा चैत १८ गते हुनेछ।

प्रतिक्रिया दिनुहोस्