साहित्यकार भण्डारीको निधन



काठमाडौं, (नेस)

प्राध्यापक एवं साहित्यकार दुर्गाप्रसाद (डीपी) भण्डारीको निमोनियाका कारण शनिबार निधन भएको छ। उपचाररत भण्डारीको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा बिहान ११ः३० बजे निधन भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ।

त्रिभुवन विश्वविद्यालयमा करिब ३८ वर्ष अंग्रे्रजी विषयमा प्राध्यापन गर्नुभएका ८५ वर्षीय भण्डारी नेपाली साहित्यका क्षेत्रमा प्रखर र प्रस्ट वक्ताका रूपमा स्थापित हुनुहुन्थ्यो। विश्व र नेपाली साहित्यका ज्ञाता एवं बौद्धिक व्यक्तित्वका धनी भण्डारी अंग्रेजी, नेपाली र संस्कृत भाषामा दख्खल राख्नुहुन्थ्यो। उहाँ निबन्धकार, पत्रपत्रिकामा स्तम्भकार र मिलनसार साहित्यकारका रूपमा सुपरिचित हुनुहुन्थ्यो।

उहाँका मृगस्थली, रोटी, फुललगायत चार निबन्ध संग्रह प्रकाशित छन्। साहित्य र समसामयिक विषयमा एफएम रेडियोमा उहाँ प्रवचन दिने गर्नुहुन्थ्यो। पुख्र्याैलीघर डोटी रहेका साहित्यकार भण्डारी प्रजातान्त्रिक विचारप्रति आस्था राख्नुहुन्थ्यो। उहाँका दुई छोरा हुनुहुन्छ।

 

प्रतिक्रिया दिनुहोस्