एक हप्तादेखि लेलेका उमेश बेपत्ता



न्युज अफ नेपाल, ललितपुर ।

ललितपुरको गोदावरी नगरपालिका–५ लेले सरस्वती कुण्ड बस्ने वर्ष ३० का उमेश मानन्धर हराईरहेका छन् । सुष्त मनस्थिति प्रष्ट बोल्न नसक्ने स्वभागका उमेश गएको शनिबारदेखि लेलेबाटै हराईरहेका हुन् ।

गहुँगोरो वर्ण, निलो हुक, कालो ट्राउजर, कालो म्याजिक चप्पल लगाएका उनी गएको शनिबार अबेरसम्म घर नआएपछि खोजी कार्य भएको थियो ।

उनलाई खोजबिन गर्न र फेला परेको खण्डमा सम्पर्क गरी सहयोग गर्न उनका दाजु उज्वल मानन्धरले अपिल गरेका छन् । फेला परेको खण्डमा मोबाईल नम्बर ९८०८२५०३१६ र ९८०३३४६२८८ मा सम्पर्क गर्न अनुरोध समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्