हिमेश पन्तले हात पारे कमेडी च्याम्पियनको उपाधी



न्युज अफ नेपाल,काठमाडौँ

नेपालमै पहिलो चोटी सुरु भएको पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को उपाधी धादिङका हिमेश पन्तले हात पारेका छन् ।

शनिबार भएको ग्राण्ड फिनालेमा दुई प्रतिस्पर्धीलाई पछि पार्दै उनले ‘कमेडी च्याम्पियन’को उपाधि हात पारेका हुन्। च्याम्पियनको फाइनलमा तीनजना प्रतिस्पर्धी छानिएका थिए।

विभिन्न चरण हुँदै सुमन कोइराला, खड्गबहादुर पुन मगर र हिमेश पन्त फाइनलका पुगेका थिए। यसअघिको शृंखलाबाट निर्णायकले पन्तलाई फाइनलका लागि छानिसकेका थिए। मगर र कोइराला भने भोटबाट छानिएका हुन्। सुमन र खड्गबहादुर वाइल्ड कार्ड इन्ट्रीबाट शोमा पुनः प्रवेश गरेका प्रतिस्पर्धी हुन्।

प्रतिक्रिया दिनुहोस्