सीमा क्षेत्रमा कोरोनाको त्रास : नेपालीमाथि भारतको निगरानी



कृष्णउदास खनाल,वीरगन्ज ।

भारतमा नेपालबाट भित्रिने भारतीयलाई समेत रोक लगाउने निर्णय भएको छ । नेपालबाट रूघाखोकी, ज्वरो तथा इन्फलुएन्जाका शङ्कास्पद भारतीयलाई सीमा नाकामैं रोकेर डंकन अस्पतालमा स्थापना गरिएको आइसोलेशन वार्डमा निगरानी गर्ने भारतीय पक्षको तयारी रहेको छ ।

पर्सा, परसौनीभाठाको सीमावर्ती शहर भेलाहीदेखि बारा, सिम्रौनगढ अन्तर्गत ६५ किलोमिटर दूरीमा १५ वटा हेल्थ डेस्क स्थापना गरी कोरोनाका शङ्कास्पद रोगी रोक्न तयारी भएको पूर्वी चम्पारणका जिल्ला अधिकारी शीर्षत कपिल अशोकले बताउनुभयो ।

बैठकमा रक्सौल भन्सार, अध्यायगन, चिकित्सक, एसएसबीलगायत अधिकारी सहभागी थिए । डंकनमा स्थापना गरिएको आइसेलेशन वार्डमा निगरानी गर्ने भारतीय पक्षको तयारी छ । परसौनीभाठादेखि सिम्रौनगढसम्मको भारतीय सीमावर्ती शहर भेलाहीदेखि ६५ किलोमिटर दूरीमा १५ वटा हेल्थ डेस्क स्थापना गरी कोरोनाको शङ्कास्पद रोगीलाई रोक्ने तयारी भएको पूर्वी चम्पारणका जिल्ला अधिकारी शीर्षत अशोकले बताउनुभयो ।

यसैबीच बीरगन्जबाट भारतको बैष्णीदेबी दर्शन गर्न २४ गते आएका नेपालीहरु तीन दिनदेखि कटरामा भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ । कोरोना भाईरसले गर्दा भारतीय प्रहरीले सुरक्षा सतकर्ता अपनाउदै एक दर्जन भन्दा बढी नेपालीहरुलाई कटराको धर्मशालामा उच्च निगरानीको साथ राखी नियमित स्वाथ्य परीक्षण गरीरहेको हो ।

उनीहरुको सुरक्षाकर्मीहरु निगरानीमा स्वाथ्यकर्मीहरु ज्वरो, रुघा, खोकी उच्च रक्तचाप परीक्षण गरीरहेको एक दर्शनार्थी बताए । नेपालीहरु माथी भारतीय प्रहरीले कुनै किसीमको दुब्र्यहार नभएको बीरगन्ज महानगरपालिका वडा नं ७ निवासी अवदेश मिश्रले बताएका छन नेपाली दर्शनार्थीहरु कटरा रेल्बेमा उत्रिदा नै भारतीय प्रहरीले नियन्त्रणमा लिएको हो । कटरामा राखेका नेपालीहरुलाई १४ दिनपछि मात्र स्वाथ्य परीक्षण गरी छाडिने भारतीय प्रहरीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्