संविधानको सीमा हरेफेर गर्ने बहस उचित छैन : मन्त्री ज्ञवाली



पाल्पा। 

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संविधानको सीमा हरेफेर गर्ने बहस उचित नभएको बताउनुभएको छ । उहाँले अहिले संविधान कार्यान्वयन गर्ने समय भएकाले संविधान हेरफेरको बहस गर्ने समय नभएको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० तानसेन नगर कमिटीद्वारा पार्टी एकता सुदृढीकरण र जनसम्बन्ध विस्तार अभियानको शुभारम्भ कार्यक्रममा उहाँले पहिलो काम समृद्ध नेपाल बनाउनुपर्ने अवस्था रहेकाले संविधानका सीमा हेरफेरको बहस उचित नभएको उल्लेख गर्नुभयो । उहाँले नेकपा नेतृत्वको सरकारले जनताका आशा र भरोसाको विश्वास टुट्न नदिने बताउनुभयो ।

मन्त्री ज्ञवालीले संविधान जलाउने समूहलाई वार्ताबाट संविधान स्वीकार्य गर्ने बनाएको बताउनुभयो । उहाँले नेकपाप्रति जनताको भरोसा अझै रहेकाले यसलाई कायम गरी पार्टी र सरकार लाग्नुपर्नेमा जोड दिनुभयो । नेकपाका नेता सोमप्रसाद पाण्डेय र ठाकुर गैरेले पार्टी बलियो र व्यवस्थित गर्न अभियान सफल हुनुपर्ने बताउनुभयो । नगर कमिटीले आजदेखि तीन महिना पार्टी जनसम्बन्ध विस्तार अभियान सञ्चालनमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्