उच्च माध्यमिक तहकै संरचनामा विद्यालय संचालन गरेर दोहोरो सुविधा लिँदै शिक्षक



सञ्जय कार्की,रौतहट  ।

पर्याप्त शिक्षक भएपनि दरबन्दि मिलान नगरिकनै जिल्लाका अधिकास बिद्यालयले उच्च माध्यमिककै संरचना (जोड दुई ) मा बिद्यालय संचालन गरेर विद्यार्थीहरुमाथि आर्थीक शोषण गरिरहेको पाइएको छ । उच्च माध्यमिक बिद्यालय लाई सरकारले खारेज गर्दै दुई तहको बिद्यालय कायम गरेको छ । १ कक्षा देखि ८ कक्षा सम्म आधारभुत तह र ९ कक्षा देखि १२ कक्षा सम्म लाई माध्यमिक तह कायम गरेको छ ।

दुई बर्ष अघि शिक्षा ऐनको नवौ संसोधन बाट कायम भएको माध्यमिक तह लाई रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको जनज्योति माध्यमिक बिद्यालय लगायत अधिकास बिद्यालयले उच्च माध्यमिककै संरचनामा (जोड दुई) संचालन गरेर बिद्यार्थीहरु माथि आर्थीक शोषण गर्दै शिक्षकहरुले दोहोरो तलब सुबिधा लिदै आएको पाइएको छ । बिद्यालयले उच्च माध्यमिक तहको संरचनामा ११ कक्षाका बिद्यार्थीहरु संग बार्षिक ८ हजार र १२ कक्षाका बिद्यार्थी संग ७ हजार असुलेर शिक्षकहरुले दोहोरो भता, तलब सुबिधा लिईरहेको पाइएको छ ।

देशमै शिक्षा क्षेत्रमा पछि परेको रौतहट जिल्लाका बासिन्दाको गरिबी अबस्था भने प्रदेश नम्बर २ सबैभन्दा अगाडी रहेको छ तर सबैलाई शिक्षामा पहुच पुरयाउनुको बदला बिद्यालयहरुले बिभिन्न बहाना बनाएर गरिब बिद्यार्थीहरु संग महगो शुल्क लिएर शिक्षकहरु लाई दोहोरो तलब खुवाईरहेको पाइएको छ । संसोधित शिक्षा ऐन संगै एसएलसी परिक्षा लिने परिक्षा नियन्त्रण कार्यालय र ११ कक्षा र १२ कक्षाको परिक्षा लिने उच्च माध्यमिक शिक्षा परिषद खारेज गरी राष्ट्रिय परिक्षा बोर्ड गठन गरेर परिक्षा लिदै आएको छ ।

राष्ट्रिय नीति अनुसार कक्षा १ देखि १२ कक्षा सम्म एउटै समयमा बिद्यालय संचालन गर्नु पर्ने अबधारणा बिपरित चन्द्रपुर नगरपालिका भित्रका जनज्योती माध्यमिक बिद्यालय लगायत अधिकास बिद्यालयले पुरानै संरचना अनुसार बिद्यालय संचालन गरेर बिद्यार्थीहरु माथि आर्थिक शोषण गरेको हो । राष्ट्रिय नीति अनुरुप कक्षा १ देखि १२ सम्म बिद्यालय संचालन गर्दा कक्षा कोठा अपुग भएमा आधारभुत तह र माध्यमिक तह लाई दुई समयमा संचालन गर्न सकिने प्राबधान लाई लत्याउदै कक्षा ११ र १२ लाई छुटै समयमा संचालन गरेको पाइएको छ ।

चन्द्रपुर नगरपालिकामा रहेको जनज्योति माध्यमिक तहको दरबन्दिमा ११ जना शिक्षक कार्यरत रहेका छन । जसमध्ये नौ जना स्नातोकत्तर उतिर्ण शिक्षक हुन तर पनि बिद्यालयले दरबन्दि मिलान गरेको छैन । यस्तै सातामा कम्तिमा २४ घण्टी अध्यापन गर्नु पर्नेहुन्छ तर उक्त अबधिको घण्टिको अध्यापन समेत नहुने गरेको पाइएको छ ।

शिक्षा, युबा तथा खेलकुद बिकास शाखा चन्द्रपुरका अधिकृत दिपेन्द्र कुमार मण्डलले दुई तहको बिद्यालय संचालन गर्नु पर्ने बताउनु भयो । त्यस बाहेक संचालन गरे ऐन बिपरित हुने उहाले बताउनु भयो । जनज्योती माध्यमिक बिद्यालयमा कक्षा ११ र कक्षा १२ मा अध्यापन गरे बापत छुटै दशै पेश्कि सहित १३ महिनाको तलब समेत बुझदै आएको पाइएको छ ।

सो बिद्यालयका माध्यमिक शिक्षकहरुले एउटै समयमा बिद्यालय संचालन गर्दा दोहोरो सुबिधा लिन नपाईने भएपछि पुरानै संरचना अनुसार कक्षा संचालन गर्दै आएको खुल्न आएको छ । गरिब बिद्यार्थी संग शुल्कको नाममा रकम असुलेर चरम आर्थीक अनियमितता गरेको पाइएको छ । करिब नौ महिना अध्यापन गरेर १३ महिनाको तलब लिदा समेत सरोकारवाला निकायको ध्यान पुग्न नसक्नु दुखको कुरा रहेको छ ।

शिक्षा बिकास समन्वय ईकाइ रौतहटका प्रमुख राम बिनय सिहले उच्च माध्यमिक बिद्यालयको अबधारणामा बिद्यालय संचालन गर्न नपाइने बताउनु भयो । शिक्षा बिभागका सुचना अधिकारी माधब प्रसाद धितालले ऐेन नीयमले दोहोरो सेबा सुबिधा लिन नमिल्ने बताउनु भयो । कक्षा ११ र १२ लाई अध्यापन गर्ने शिक्षक स्नातोकत्तर हुनु पर्ने उहाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्