अमेरिकाद्वारा जापानका लागि नयाँ राजदूत नियुक्त



वासिङ्टन । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानका लागि नयाँ अमेरिकी राजदूत नियुक्त गर्नुभएको छ । उहाँले विचारक तथा विज्ञहरुको पूरानो संस्था होड्सन इन्टिच्यूडका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत रहेको केन्नेथ विइनस्टेनलाई राजदूतमा नियुक्त गर्नुभएको हो ।

केन्नेथ फ्रान्सेली र जर्मन भाषामा फरर बोल्न सक्नुहुन्छ । उहाँले यसअघि अमेरिकी व्यापार नीति र सम्झौता समितिका सल्लाहकारको रुपमा पनि काम गर्नुभएको थियो ।

केन्नेथको नियुक्तिलाई अमेरिकी माथिल्लो संसद सिनेटले पारित गर्नुपर्ने व्यवस्था छ । जापानका लागि अमेरिकी राजदूतको पद गत जुलाइदेखि खाली रहेको थियो ।

तत्कालिन राजदूत विलियम हर्गर्टीले राजिनामा दिएपनि खाली भएको थियो ।

प्रतिक्रिया दिनुहोस्