लागुऔषध सहित पक्राउ



अमृत अर्याल,स्याङ्जा ।

वडा प्रहरी कार्यालय वालिङले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । बुटवलबाट पोखरा आउदै गरेको ना ४ ख २३२२ नम्वरको बसमा प्रहरीले चेकजाँच गर्ने क्रममा पुतलीबजार १ बस्ने १९ बर्षिय सन्देश विकलाई लागुऔषध सहित पक्राउ गरेको हो ।

विकको साथबाट फेरागन २० एम्पुल, डाईजेपाम २० एम्पुल र नोर्फिन २० एम्पुल बरामद गरिएको वडा प्रहरी कार्यालय वालिङका प्रमुख प्रहरी निरिक्षक निरन्जन घिमिरेले बताउनुभयो । विकलाई वालिङ ८ सिद्धार्थ राजमार्गबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

भारतीय सिमा क्षेत्र सुनवल बाट पोखराका लागि बढी लागऔषध ओसापसार हुदै आएको प्रहरीको तथ्याङकले देखाउने गरेको छ । प्रहरीले लागुऔषध नियन्त्रण गर्न राजमार्गमा चेकजाँच, गस्ती र सादा पोशाकका प्रहरी पनि प्रयोग गर्दै आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक बिमल कडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्