आजदेखि बुटवल-पाल्पा सडकखण्ड दैनिक ८ घण्टा बन्द हुने



यमलाल भुसाल, बुटवल ।

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडकखण्डमा रहेका मोडलाई फराकिलो बनाउन दैनिक ८ घण्टा सडक अवरुद्ध हुने भएको छ ।

सडक स्तरोन्नतिको काम शनिवार देखि सुरु भएको र यही चैत १२ गतेसम्म हरेक दिन ३ पटक गरि आठ घण्टा सडक बन्द रहनेछ ।

हरेक दिन बिहान ७ देखि ९ बजेसम्म, दिउँसो १२ बजेदेखि ३ बजेसम्म र राति ८ बजेदेखि ११ बजेसम्म बाटो बन्द गरेर काम गरिने डिभिजन सडक कार्यालयले जनाएको छ । तोकिएको समय बाहेक अन्य समयमा भने सवारी साधनहरु यथावत रुपमा सञ्चालन हुनेछन् ।

डिभिजन सडक कार्यालय पाल्पाका प्रमुख मुकुन्दराज अधिकारीले यात्रुलाई समस्या नपर्ने गरी काम गर्ने र सडक खुल्ने र वन्द हुने समय सार्वजनिक गरिएकोले सोही अनुरुप कार्यान्वयन गरिने पनि बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्