कोरोना त्रास : छिमेकी मुलुक भारतमा थप एकको मृत्यु



न्युज अफ नेपाल, काठमाडौँ ।

कोरोना भाइरसको संक्रमणबाट छिमेकी मुलुक भारतमा थप एक जनाको मृत्यु भएको छ ।

दिल्लीकी एक ६९ वर्षीया महिलाको मृत्यु भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । रुघा खोकी लागेर राम मनोहर लोहिया अस्पतालमा भर्ना भएकी ती महिलामा कोरोना भाइरसको संक्रमण भेटिएको थियो ।

यसअघि कर्नाटकमा ७६ वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । दिल्ली सरकारले कोरोनालाई ‘महामारी’का रुपमा घोषना गर्दै ३१ मार्चसम्मका लागि विद्यालय लगाएत सिनेमा हलअरु बन्द गरेको छ ।

प्रतिक्रिया दिनुहोस्