दुई सहसचिवको संयोजकत्वमा छानबिन समिति गठन, परीक्षा केन्द्रमा एक हजार स्वयमसेवक परिचालन गरिने



ईश्वरराज ढकाल, काठमाडौँ ।

कोरोना भाइरस फैलिने जोखिम बढेपछि एसईई परीक्षालाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा जरुरी बैठक बसेको छ ।

शुक्रबार बसेको सो बैठकले दुई मन्त्रालयका दुई जना सह सचिवको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । शिक्षा मन्त्रालयका सहसचिव दिपक शर्मा र स्वास्थ्य मन्त्रालयका सहसचिव डा. गुणराज लोहनीको संयोजकत्वमा गठीत समितिले विभिन्न तीन निर्णय गरेको छ ।

समितिले विद्यार्थीको स्वास्थ्य अवस्था, एसईई परीक्षा केन्द्रमा हेल्थ डेस्क स्थापना लगाएतका विद्यार्थीसँग सम्बन्धि विषयमा अध्ययन गर्ने भएको छ । यस्तै, चैत ६ गते हुन लागेको एसईई परीक्षामा सहभागी विद्यार्थीहरुकोे स्वास्थ्यलाई ध्यानमा राख्दै एक हजार स्वयमसेवक परिचालन गरिने भएको छ ।

देशभरका १९ सय ९४ वटा परीक्षा केन्द्रमा हेल्थ डेस्क निमार्णका सथसाथै स्वास्थ्य सम्बन्धि अध्ययन गर्दै गरेका एक हजार जना स्वयमसेवक परिचालन गरिने शिक्षा मन्त्री पोखरेलका स्वकीय सचिव पुरण केसीले जानकारी दिएका छन् । यसका लागि विभिन्न अस्पताल, स्वास्थ्य संस्था र स्थानिय तहसंग समन्वयन गरेर अघि बढ्ने केसीले बताए ।

प्रतिक्रिया दिनुहोस्