निर्माण व्यवसायी संघ बर्दियाको निर्वाचनमा संस्थापन पक्ष विजयी



विष्णु तिमिल्सिना, बर्दिया ।

विकास निर्माणमा महत्वपुर्ण भुमिका भएको निर्माण व्यवसायी (ठेकेदार) हरुको छाता संस्था निर्माण व्यवसायी संघ बर्दिया कार्य समितिको निर्वाचन गुलरियामा सम्पन्न भएको छ । निर्वाचनमा संस्थापन पक्ष भेषराज पौडेल (भरत) ले नेतृत्व गरेको प्यानल विजयी हुँदै सफलता प्राप्त गरेको छ ।

सो सँघको ८ औं जिल्ला अधिवेशनको निर्वाचनबाट अध्यक्ष पदमा भेषराज पौडेल (भरत) लगातार दोस्रो कार्यकालका लागि पुन विजयी हुनु भएको छ । पौडेल खसेको मत मध्ये १ सय ७६ मत प्राप्त गरी विजयी हुनु भएको हो । उहाँका प्रतिद्वन्दी संघका पुर्व अध्यक्ष समेत रहेका अनिल के.सी ले ५४ मत प्राप्त गर्नु भएको थियो ।

निर्वाचन परियोजनका लागि जम्मा २ सय ५४ मतदाता मध्ये २ सय ३१ मत खसेको थियो । संघको १५ सदस्यीय कार्य समितिको आन्तरिक सचिवमा बाहेक सम्पूर्ण पदमा निर्वाचन भएको छ । कार्यसमितिको आन्तरिक सचिवमा जनक बम निर्विरोध निर्वाचित हुनु भएको छ भने बाकि पदका लागि निर्वाचन गरिएको निर्वाचन समितिका संयोजक तथा बर्दिया जिल्ला अदालत बार एशोसिएसन ईकाइका अध्यक्ष देवीदत्त देवकोटाले जानकारी गराउनु भयो ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा देवेन्द्र कुमार विष्ट, उपाध्यक्षमा विजय शाह विजयी हुनु भएको छ भने सर्वाधिक मत प्राप्त गरी महासचिव पदमा हेमन्त प्रकाश गिरी (१ सय ७८ मत) प्राप्त गरी दोस्रो कार्यकालका लागि पुन विजय हुनु भएको छ । त्यसै गरी समितिको सचिव पदमा चन्द्रकान्त पौडेल, कोषाध्यक्ष पदमा सन्तोष कुमार रेग्मी, सह–कोषाध्यक्ष पदमा विरेन्द्र बहादुर शाही बिजयी हुनु भएको छ।

साथै कार्यसमितिको ७ सदस्यहरुमा क्रमस जनकराज बिष्ट, अकबर अलि गद्दी(सौखत), सन्तोष थापा, रमेश पौडेल, दिल बहादुर चौधरी, राजकुमार थारु र मुकुन्द जंग शाह, विजयी हुनु भएको छ । अन्य सदस्यहरुमा निर्मल शाह, खड्क बहादुर शाह, सुसन पाठक, लेखराज डिसी, सर्वजित थापा, जनक बोगटी र भक्त बहादुर सुनार विजयी हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्