किशोरीहरुका लागि पत्रकारिता तालिम



कालीवहादुर मल्ल, कालिकोट ।

जिल्लाको सान्नीत्रिवेणी,नरहरीनाथ गाउँपालिका र रास्कोट नगरपालिकाका किशोरीहरुका लागि दुइदिने पत्रकारिता तालिमको शुक्रबार जिल्ला सदरमुकाम मान्ममा उदघाटन गरिएको छ ।

किशोरीहरुलाई पत्रकारिता क्षेत्रमा अग्रसर गराउने उद्देश्यकासाथ प्लान नेपालको सहयोगमा हुरेन्डेक कालिकोटको आयोजनामा पत्रकारिता तालिमको आयोजना गरिएको हो ।

हुरेन्डेकका कोषाध्यक्ष दिलिप शाहीको अध्यक्षतामा आयोजित पत्रकारिता तालिमको पत्रकार कालीवहादुर मल्लले सहजिकरण गर्नु भएको कार्यक्रम संयोजक किसोर रोकायाले जानकारी गराउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्