पूर्वी नवलपरासीबाट एसईईमा ६ हजार ५ सय परीक्षार्थी सहभागी हुने



घनश्याम बगाले , नवलपरासी ।

विद्यालय शिक्षको पहिलो फलामे ढोका एसईई परीक्षा २०७६ मा पूर्वी नवलपरासीबाट ६ हजार ५ सय ७५ विद्यार्थी सहभागी हुने भएकाछन् ।

जिल्लाका २५ परीक्षा केन्द्रबाट नियमित तर्फ ६ हजार ४ सय ६५ र एक्जाम्टेड तर्फ १ सय १० परीक्षार्थी सहभागी हुने शिक्षा विकास समन्वय ईकाई पूर्वी नवलपरासीले जनाएको छ । आउदो चैत्र ६ गतेबाट संचालन हुने परीक्षामा ७८ सामुदायिक, ४९ संस्थागत, ५ प्राविधिक र १ खुल्ला विद्यालयका विद्यार्थीको सहभागिता रहने छ ।

यसै गरी ४ नगरपालिका र ४ गाउपालिका रहेको पूर्बी नवलपरासीको कावासोती नगरमा ७ परीक्षा केन्द्र तोकिएको छ । देवचुली र मध्यविन्दु नगरमा ५। ५ परीक्षा केन्द्र छन् भने गैडाकोटमा ३ केन्द्र कायम गरिएको छ । गाउंपालिकामा बुलिड.गमा १, बौदिकालीमा १, हुप्सेकोटमा १ र विनयी त्रिवेणीमा २ परीक्षा केन्द्र रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्