पाटनमा दुई कलाकारको एकल कला प्रर्दशनी शुरु



न्युज अफ नेपाल, ललितपुर ।

ललितपुरको मंगलबजारस्थित पाटन म्युजियममा फरक फरक दुई कलाकारको एकल कला प्रर्दशनी शुरु भएको छ ।

प्रोफेसर डाक्टर हेमाङ्ग दिक्षितले दुवै प्रर्दशनीको प्रर्दशनीको विहीबार विधिवत शुभारम्भ गर्नुभयो । दिक्षितले योङ्ग पिकासो आर्ट स्कूलमा कला सिकेका विद्यार्थीहरुले यसरी कला प्रर्दशनी गर्नु नेपाली कलाबजारका लागि खुशीको कुरा रहेको बताउनु भयो ।

योङ्ग पिकासो कम्युनिटी आर्ट स्कूलको आयोजनामा सुशीलकुमार ढुंगेलको सिम्प्ली सिटी शिर्षकमा १८ वटा मुर्त कला प्रर्दर्शित छन् ।
७५ वर्षिय ढुंगेल ५ बर्षदेखि योङ्ग पिकासो आर्ट स्कूलका विद्यार्थीको रुपमा आर्ट सिकिरहेका छन् । नेपाल सरकारको उपसचिव पदबाट २० बर्षअघि अवकाश प्राप्त ढुंगेल कलामा गहिरो रुचि भएकोले यो पेशामा प्रवेश गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘आर्टमार्फत अद्भूत अभिव्यक्ति गर्न पाउदा हर्ष लागेको छ ।’

ललितपुर शंखमुलका विकाश महर्जनको पाटन संग्रालयमै दिव्लोच शिर्षकमा कला प्रर्दशनी भइरहेको छ । क्यानभासमा पोतिएका आर्टमा चराचुरुङ्गीका संयोजन देख्न सकिन्छ ।

दरवार परिसरमा आयोजित उद्घाटन सत्रमा बोल्दै योङ्ग पिकासोका निर्देशक अजय देसारले ढुंगेलको यो उमेरमा पनि कला श्रृजनाको उत्साहको खुलेर प्रशंशा गर्नुभयो । उहाँले भन्नु भयो, भजन गाउन मन्दिर जाने करेसाबारी पसेर तरकारी स्याहार्ने उमेरमा कला क्षेत्रमा लाग्नु प्रसंनिय रहेको बताउनु भयो ।

एमविविएस पढ्न लागेको बेला भएको अकल्पिनिय दुर्घटनाबाट गुज्रेको स्मरण गर्दै देसारले कलाकार विकाश महर्जनको कला यात्राले जीवनले नयाँ मोड लिएको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, विकाशको एमविविएस पढेर डाक्टर बन्ने चाहना पुरा गर्न सक्ने सहासको खोलेर चर्चा गनुभएको थियो ।

विकाशका आर्ट वकाथन २०१४ र वाटर कलर ग्रुप आर्ट एक्जिविसन २०१६मा समेत सहभागी भएर आर्ट एक्जिविशन गरिसकेका छन् ।
विहीबारबाट शुरु कला प्रर्दशनी शनिबारसम्म जारी रहनेछ ।

प्रतिक्रिया दिनुहोस्