कोरोनासम्बन्धी सचेत रहन हस्ताक्षर



गुल्मी, (नेस) ।

 

विश्वव्यापीरुपमा फैलिरहेको नोबेल कोरोना भाइरसबाट हुन सक्ने महामारीलाई मध्यनजर राखेर सचेतनास्वरुप हस्ताक्षर गरिएको छ ।
लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीले लोकदोहोरी दिवसको अबसर पारेर नोबेल कोरोना भाइरसबाट सचेत रहन हस्ताक्षर अभियान गरेको हो ।

 

प्रतिष्ठान गुल्मीले जिल्लाको सदरमुकाम तम्घासको लाकुरी मञ्चमा नोबेल कोरोना भाइरसबाट कसरी जोगिने के–के गर्ने जस्ता सचेतना सन्देशसहित हस्ताक्षर कार्यक्रम राखेको प्रतिष्ठान गुल्मीका अध्यक्ष जनक पन्थले बताए । आम नागरिकलाई यसबारे सचेत रहन र सचेत छु भन्ने प्रतिबद्ध बनाउनका लागि सचेतनास्वरुप हस्ताक्षर र सचेतना कार्यक्रम गरिएको पन्थको भनाइ छ ।

 

सचेतना कार्यक्रममा जिल्लाका आम सर्बसाधारणले कोरोना भाइरसबाट कसरी जोगिने भन्नेबारे सचेत छु भनेर हस्ताक्षर गरेका थिए । विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणको जोखिम बढ्ने भएकाले यसबाट जोगिन सबैलाई सचेत बनाउने कार्यक्रम राखिएको लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीले जनाएको छ ।

 

जिल्लाका विद्यालयहरुमा पनि कोरोना भाइरस र यसबाट जोगिनेबारे जानकारीमूलक कार्यक्रम गरिँदै आएको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्