तिलोत्तमा नेपालकै पहिलो पोलिथिन र सरसफाइयुक्त नगरपालिका



नेपाल समाचारपत्र, बुटवल

 

नेपालमै पहिलो शुन्य पोलिथिन र पुर्णसरसफाइ युक्त स्थानीय तहका रुपमा तिलोत्तमा नगरपालिका घोषणा हुने भएको छ ।
विगत ८ महिनादेखि नगरपालिका र सिम नेपालको सहकार्यमा नगर क्षेत्रको १ सय २६ वर्गकिलोमिटर भुभागवाट १२ हजार क्विन्टल फोहोर जन्य पोलिथिन संकलन गरिएको हो ।

 

त्यसै गरी २ वर्षदेखि सरसफाइको क्षेत्रमा निरन्तर लागेर नगरपालिकालाई शुन्य पोलिथिन र पुर्ण सरसफाइ युक्त स्थानीय तहका रुपमा घोषणा गर्न सक्ने अवस्थामा पुराएको नगर प्रमुख वासुदेव घिमिरेले बताउनु भयो ।

 

नगरपालिकालाई यो अभियानमा सफल वनाउन १८९ वटा टोल संस्था, नगरका ८५ वटा सामुदायिक र संस्थागत विद्यालय, स्थानिय क्लव सामाजिक संघ–संस्था जनप्रतिनिधि सिम नेपालका कर्मचारी गरि १ लाख जनाको जनसहभागिताले काम गरेको पनि नगरप्रमुख घिमिरेले बताउनुभयो ।

 

शुन्य पोलिथिन तिलोत्तमा नगर घोषणासभाबारे जानकारी गराउन विहिवार आयोजित पत्रकार सम्मेललनमा नगर प्रमुख घिमिरेले कृषि, पशुपन्छी तथा सहकारी मन्त्री घनश्याम भुसालले नगरलाई शुन्य पोलिथिन र पुर्ण सरसफाइ युक्त स्थानिय तहका रुपमा घोषणा गर्ने कार्यक्रम रहेको जानकारी गराउनुभयो ।

 

घोषणासँगै नगर क्षेत्रमा अब खुलारुपमा यत्रतत्र छरफस्ट देखिने गरि पोलिथिन देख्न पाइने छैन ।

 

सभ्य नगरपालिकाको रुपमा स्थापित भएको संकेत पनि अभियानले दिएको छ । अभियानले कृषिको उत्पादनमा वृद्धि ,डेगु रोगको नियन्त्रणमा टेवा पुगेको र वातावरणीय हिसावले पनि नगरलाई सरसफाई युक्त नगर वनाउन महत्वपुर्ण टेवा पुगेको मेयर घिमिरेले बताउनुभयो ।

 

नगरवासिमा पोलिथिनको प्रयोग गर्नु हुँदैन भन्ने आनिबानीमा परिवर्तन गर्न सक्नु नै राम्रो उपलब्धि भएको र यस्ता कार्यक्रमलाई मुलुक री लागु गर्ने तर्फ जोड दिनुपर्नेमा सिम नेपालका अभियान्ता निपेस अधिकारी ढाकाले बताउनुभयो । चुनौतीपुर्ण अभियानमा सफल भएको र यसलाई नियमित अनुगमन गरेर व्यवहारमा सदासदाका लागि कार्यान्वय गराउन नगरपालिकालाई जिम्मेवारी थपिएको समेत उहाँले बताउनुभयो ।

 

जनश्रमदान र नगरपालिकाको लगानी गरी करोडौंको लागतमा यो अभियान सफल बनाउन सकिएको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रींले बताउनु भयो । नगरपालिकाले नगरमा संकलन हुने फोहरजन्य पदार्थलाई नगरभित्रै सचालित वास सहकारीमार्फत व्यवस्थापनको जिम्मेवारी प्रदान गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्