लडाकू मुक्त



काबुल, (एजेन्सी)

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले बुधबार बिहान एक विशेष आदेश जारी गर्दै हाललाई तत्काल १ हजार ५ सय तालिबान लडाकूलाई कारागार मुक्त गर्ने घोषणा गरेका छन्।

अन्तर–अफगान शान्ति वार्ताका लागि अफगान सरकार तयार छ भन्ने सन्देश दिन आफूले यो आदेश जारी गर्नुपरेको अफगान राष्ट्रपति घानीको कार्यालयले जनाएको छ।

हालै संयुक्त राज्य अमेरिका र तालिबान विद्रोही समूहबीच कतारको दोहामा सम्पन्न शान्ति सम्झौतामा अन्तर–अफगान शान्तिवार्ता शुरू हुनुअघि अफगानिस्तानका जेलमा रहेका ५ हजार लडाकूलाई विनाशर्त छाड्ने सहमति भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्